गोरक्ष समाचारदाता
दाङ, ५ मंसिर । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत शनिवार सम्पन्न क्षेत्र नं.२(ख)को निर्वाचनमा दलित तर्फका प्रदेश प्रतिनिधिका उम्मेदवार आशाराम नेपाली (शंकर)ले सवैभन्दा बढि मत ल्याएर विजयी भएका छन् ।
तरुण दलका वर्तमान जिल्ला सदस्य, अम्विकेश्वरी वहुदेश्यिय कृषि अनुसन्धान केन्द्र तुलसीपुर–१८ का सञ्चालक, छर्छरे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था झिंगैका कार्यसमिति सचिव, युवा व्यवसायी तथा समाजसेवी नेपालीले प्रदेशसभा निर्वाचनमा खसेका कुल ३ सय ३९ मत मध्ये सवैभन्दा बढि २ सय ४० मत ल्याएर विजयी भएका हुन् ।