लमहीमा बस दुर्घटना,२९ जना घाइते

घोराही, ५ मंसिर । दाङको लमहीमा बस दुर्घटना हुदा २९ जना यात्रु घाइते भएका छन ।

सुर्खेतबाट काठमाडौ जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना हुदाँ बसमा सवार २९ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बसको पट्टा भाचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भएको छ । जस मध्य ७ जना घाइतेलाई थप उपचारको लागि बाँके पठाइएको छ ।