दाङ, २ मंसिर । रोल्पामा बस दुर्घटनामा परेको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको यात्रु बाहक बस रोल्पामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बस शहिदमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता इन्सपेक्टर कृष्ण रानाले जानकारी दिएका छन् ।
बसमा सवार १० जना रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ । दुर्घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।
तस्वीर सौजन्य: बुद्धिमान वली