राप्ती शान्ती पार्कमा ‘सुन्दरी’को शालिक

तुलसीपुर, २४ कार्तिक । राप्ती शान्ति उद्यान तुलसीपुर –७ गणेशपुर दाङमा ‘सुन्दरी’को सालिक अनावरण गरिएको छ ।

तुलसीपुर –७ निवासी समाजसेवि नेपाल रेडक्रस दाङका सभापति नारायण प्रसाद आचार्यका छोरा ललितपुर निवासी प्रकास आचार्यले ५ लाख सहयोगमा शालिक स्थापना गरेका हुन । सो स्थापना गरेको मोनालिसा सुन्दरीको शालिकको अनावरण नारायण प्रसाद आचार्यले एक कार्यक्रमका विच गरेका हुन ।

शान्ति उद्यान (गणेशपुर पार्क )व्यवस्थापन समितिका डिल्लीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने बक्ताहरूले यस क्षेत्रको गहनाको रूपमा रहेको शान्ति उद्यानको विकासले गति लिएको बताएका थिए । पार्कको शौदर्यता दिन प्रति बढेको भन्दै यसले आन्तरिक तथा बहाय पर्यटनकहरू आकर्सन बढेको बताएका थिए ।

दाता आचार्यले सहरका लागि यस्ता पार्क,उद्यानहरू आवश्यक रहेको भन्दै सवैले यसको विकासमा सहयोग गर्नु पर्ने बताए । उनले जुनसुकै क्षेत्रमा पनि पार्दशिता आवश्यक रहेको बताए । ‘यसको विकासका लागि सवै लाग्नुपर्छ आगामी दिनमा पनि हाम्रो तर्फबाट अन्य सहयोग हुनेछ, यो हाम्रो गहना हो ’उनले भने ।

कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष पार्कका पूर्व अध्यक्ष टोपबहादुर केसी, नेकपा एमाले दाङका जिल्ला सदस्य विनोद शर्मा, नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा उद्यानका संस्थापक उपाध्यक्ष कृष्णकुमार गिरी, सल्लाहकार भरत भण्डारीलगायतले सहयोगी दाता आचार्य परिवारलाई धन्यवाद दिदै शान्तिको नाममा स्थापना भएको शान्ति उद्यानले यहाँको पहिचान देश विदेशमा पु¥याको बताएका थिए । कार्यक्रमको सहजिकरण गणेश सामुदायिक वनका उपाध्यक्ष जनक भन्डारीले गरेका थिए ।