दाङ,१६ कार्तिक । इको क्लब अफ ग्रेट बुद्ध एकेडेमी नारायणपुर दाङले पटका विरूद्धको जागरण र्याली निकाली जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
तिहार पर्वलाई पटकामुक्त तिहार बनाऔँ भन्ने मूल नाराका साथ मंगलवार घोराही उपमहानगरपालिका–१० नारायणपुरमा र्याली गरी सचेतनामूलक कार्यक्रम गरेको हो । कार्यक्रममा पटका प्रयोग नगर्न, चाडपर्वको समयमा पटका नपट्काउन अनुरोध गरिएका प्ले कार्डसहित नारायणपुर बजार परिक्रमा गरिएको थियो ।
क्लबका अध्यक्ष सुजन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आशा आचार्य , कोमल आचार्य , आकृति थापा, समीप न्यौपाने र अनिश दाहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण क्लबको सचिव वर्षा थापाले गरेकी थिइन् ।