दाङ,१२ कार्तिक । पीपुल्स भोलेन्टियर दाङको बैठकले जिल्ला कार्यसमितिलाई पूर्णता दिएको छ । पीपुल्स भोलेन्टियर दाङका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षता तथा पीपुल्स भोलेन्टियरका लुम्विनी प्रदेश अध्यक्ष प्रेम बुढाको प्रमुख आतिथ्यतामा शुक्रवार घोराहीमा बसेको बैठकले पीपुल्स भोलेन्टिर दाङलाई विस्तार गर्दै ५१ सदस्यीय जिल्ला कार्यसमिति बनाएको हो ।
जसअन्तर्गत पीपुल्स भोलेन्टियर दाङको उपाध्यक्षमा रोशन धिताल, टेकन गौतम र सन्जना पाण्डे क्षेत्री, सचिव कमल नेपाली,सहसचिवमा आशिष भडेल, कोषाध्यक्षमा हुकुमा डिसीलाई चयन गरेको छ । सदस्यमा इन्द्र गौतम,बनबहादुर विश्वकर्मा, रोशन सुनार, मनोज पन्थी, दिनेश परियार, दिपेन गौतम, पानेश्वर सुनार, लुमाकान्त सार्की, मधु पन्त, आकाश विश्वकर्मा, सुरेश लम्साल, बन्दना चौधरी, सरोज बुढामगर, अर्जुन नेपाली, सरिता नेपाली, सन्तोष बुढा रहेका छन।
त्यसैगरी चुर्णबहादुर विक, बसन्त विक, विजय नेपाली, सुनिल नेपाली, नवीन नेपाली, सन्दीप विश्वकर्मा, सुदर्शन नेपाली, अभिशेष नेपाली, सुदन नेपाली, भक्त नेपाली, आर्जन विश्वकर्मा, बर्जीतमान बुढा, नरेन्द्र कुसारी, दीपेश भण्डारी, रविन्द्र चौधरी, मक्कन चौधरी, सुशील चौधरी, बिबेक भट्टराई, पुरनचन्द पुन, रामबहादुर पुन, रामबहादुर रागुमगर, अजयकुमार बस्नेत, महेन्द्र शाही,प्रताप घर्ति, प्रकाश चौधरी, विशाल विश्वकर्मा, अर्सन सिद्धिकी, साहिल फारुकीर रहेका छन् ।