देउखुरीमा गाडी दुर्घटना, १० घाइते

देउखुरी, ६ कार्तिक । देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । प्युठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा प्युठान नगरपालिका निवासी, गणेशबहादुर घर्ती, १७ वर्षिया मिना घर्ती, १५ वर्षिया रबिना घर्ती, १० वर्षिय बिजय घर्ती, ३५ वर्षिया जिता घर्ती, २२ वर्षिया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षिया दिलसरी राना र लमही–६ देउपुर निवासी वर्ष ३६ का तुल्सीराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते मध्य ५३ वर्षिया दिलसरी रानाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।