लक्ष्मण बस्नेत
दाङ, २७ असोज । दाङको तुलसीपुरमा जारी दोस्रो ईन्टर दाङभ्याली टिं २० क्रिकेट च्याम्पियनसिपमा आज सेमिफाइनलका खेल हुदैछन् ।
डिभिसिसि दाङको आयोजनामा तथा पार्टी फ्लो रेस्टुरेन्ट तुलसीपुरको मुख्य प्रायोजनमा महेन्द्र माबी खेलमैदान तुलसीपुरमा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एनसिए घोराही र टि एस सि तुलसीपुर भिड्नेछन् ।
खेल अहिले बिहान ९ बजेदेखि सुरु हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा वाईओटी तुलसीपुर र टिसिए तुलसीपुर आमनेसामने हुनेछ्न् । खेल दिउँसो १ बजे हुने आयोजक क्लबका अध्यक्ष आभाष बुढाथोकीले जानकारी दिएका छन् ।
पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डिभिसिसीले जिल्लामा क्रिकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ क्रिकेट च्याम्पियनसिपको आयोजना गरेको बताएको छ ।
प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा जिल्लामा स्थापित क्रिकेट क्लबका ११ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेस्ट ब्याट्सम्यान,बेस्ट बलर,वेस्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र मोस्ट सिक्स प्रहार गर्ने खेलाडी लाई पुरस्कृत गरिने उपाध्यक्ष सागर देवकोटाले जानकारी दिएका छन् ।