दाङ,२५ असोज । राष्ट्रिय थारू कलाकार मञ्चले दशैं शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । घोराही उपमहानगरपालिको सहयोगमा दशैहया नाच सरक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष शालिकराम चौधरीको अध्यक्षता तथा थारू वुिद्वजीवी सौगतविर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको हो ।
कार्यक्रममा डा लोकराज पराजुली,थाकसका जिल्ला अध्यक्ष चौधरी, लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष राजेन्द्र दाहाल, प्रेस सेन्टर दाङका संयोजक प्रकाश चौधरी, बरिष्ठ हास्य कलाकार कमल गाउले, राष्ट्रिय गायक रोशन रत्गैया, राजेन्द्र चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा थारु समुदायको दशया नाचको संरक्षणका बारेमा चर्चा गरिएको थियो ।लक्षमीमान चौधरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण श्रीनारायण चौधरीले गरेका थिए ।
कार्यक्रममा थारु गायक,संगीतकार, मोडललगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।