मधुसूदन सुवेदी
साचो अर्थमा भन्ने हो भे नेपाली कांग्रेस यतिबेला गम्भीर मोडमा यक्ष गर्दै छ । नेपालको राजनीति सञ्चालन सँगसँगै देशको अग्रगामी परिवर्तन गर्ने सिलसिलामा विकृत कम्युनिस्टको धारमा विलिन हुन पुगेको नेपाली कांग्रेसका लागि यो दिन, यो बेला, यो समय, यो घडी, यो पल, योक्षण, यो अवसर, यो मौका, यो जिम्मेवारी अत्यन्त भारी, कठिन, चुनौती, मस्किल र संवेदनशील छ । नेपाली कांग्रेसले राजनीतिक परिवर्तनका नाममा आफ्ना कैयौा नरमपन्थी धारलाई त्यागिसकेको छ ।
कांग्रेस समाजवादको ननरम र धार्मिक सहिष्णुताको बाटोलाई त्यागेर उग्र बामपन्थी धारमा समावेश हुन खोजेको जस्तो छ । कांग्रेसको आधारभूत सिद्धान्तलाई हेर्दा र विचार गर्दा उसले आफ्ना महान् नेता वीपी कोइरालालाई सम्झनुपर्ने हुन्छ र उनको राजनीतिक सिद्धान्त अनिवार्य लागू गर्नै पर्दछ । वीपी कोइराला मात्र सम्झिने हो भने अहिलेको नेपाली कांग्रेसले राजसंस्थालाई एक आलंकारिक तथा एकताको प्रतिमूर्तिका लागि भए पनि कुनै न कुनै मानसम्मान वा हैसियतमा राख्नै पर्दछ । धर्मको प्रसंगमा कुनै पनि धर्म, जात, लिङ्ग, वर्ग र रँगलााई राजनीतिमा मिसाउनु हुँदैन ।
हरेक जाति, धर्म, लिंग, वर्ग, सम्प्रदाय तथा वर्गको सम्मान गर्दै नेपालको वैदिक परम्पपरालाई स्मरण गर्दै हिन्दू राष्ट्रको पहिचान दिनै पर्दछ । लोकतन्त्र, गणतन्त्र समाजवाद नैलो समाजवाद २१औँ शताब्दीको नौलो जनवाद जे भने पनि देश विकास, उन्नति, प्रगति, सुख, शान्ति, देश समृद्धिको दिशाका लागि नै संविधानले नछेक्ने र कनुै संविधानले भगवान्को रुप लिने भन्ने नै हुँदेन । संविधान जेसुकै, जस्तोसुकै र जहिलेको जसरी बनेको भए पनि यदि राज्य सञ्चालक देशभक्त, राष्ट्रवाद र लोकप्रिय छन् भने घिनलाग्दो संविधानबाट पनि देश स्वर्ग समान बन्न सक्दछ । त्यसेले कांग्रेस तपसिलका कुरामा अड्कियो र जकडियो भने उसका लागि घातक साबित हुनेवाला छ ।
यतिबेला पनि नेपाली कांग्रेसका लागि बडो अर्थपूर्ण कुरा के छ भने केपी शर्मा ओलीतर्फ बादलजस्ता नेता अटाउनु बडो सन्देशमूलक कुरा छ । अर्को गजवको कुरा के छ भने नेकपा एमाले आफ्नै सरकार चोडेर, फोडेर, बिगारेर, भत्काएर पार्टी फोडेर माधवकुमार नेपालले नेपाली कांग्रेसलाई सरकार निर्माणका लागि समर्थन गर्नु । यस्तै गजवको कुरा के छ भने देशको बामपन्थी शक्तिर्ला विश्वको नमुनाको शक्ति बनाउने भनेर घाँटी जोडेर पार्टी जोडेका र दुवै दलका प्रमुख नेता भएका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको यो नौलो रडाको ।
यस्तै अर्को गजवको प्रसंग के छ भने मधेशवादी दलहरु कहिले ललिलतपुर त कहिले भक्तपुर गर्दै आएका दल तथा नेताहरुले संविधान संशोधनको माग गर्दै र जेलनेल परेका व्यक्तिलााई छुट्कारा दिलाउन शर्त राख्दै सरकारको धोती, टुप्पो समात्दै गएको र एक पछि अर्को गठबन्धन गर्दै अघि बढेको बेला हरेक स्थानबाट, हरेक कोणबाट हेर्दा रहस्यमयी रहस्य लुकेको अवस्थामा नेपाली कांग्रेसले सरकार सम्हालेको छ । योभन्दा झनै गजपको खेल र कुरा के छ भने आजका मितिसम्म कहीँ नभनेर र केही नबताएर र सरकार विस्तार गर्नबाट नेपाली कांग्रेस वञ्चित छ ।
कांग्रेसले यतिबेला के गर्नुपर्ने थियो र के गर्दै छ ? भनेर सोच्ने हो, सम्झने हो, जान्ने हो, विचार गर्ने हो, प्रश्न गर्ने हो र समीक्षा गर्ने हो भने सर्वप्रथम त आफ्नै दलभित्रका शक्ति र व्यक्तिले विघटित, भत्काएर ध्वस्त पारेको र विघटन गरेको सरकार नै नछुनु थियो । यदि नछुटे कुरा छोइसकेपछि त्यसको पाइला पाइला नाप्दै, गन्दै, सहँदै, शीघ्रातिशीघ्र सरकारलाई निशर्त रुपमा विसतार गरेर जनतामा एक मीठास सहितको डेलिभरी प्रदान गर्न सक्नुपथ्र्यो । विगतका कुनै पनि विकृति, विसंगतिपूर्ण गन्ध, स्वाद र रँग नदेखिने गरी राज्य सञ्चालन गर्न सक्नु पर्ने थियो ।
हरेक दलभित्र एक अपूर्व भाइरस अड्केको महसुस गरेर त्यो कुरा आफ्नो पार्टीभित्र पनि देख्न सक्नुपथ्यो । हिजो हुदाखादाको बहुमतको सरकार ढाल्ने व्यक्रि र शक्तिले आज मिलिजुलीको कांग्रेसको सरकारलाई टिकाइराख्ने वरदान कसले दिएको छ र ? नेपाली कांग्रेसले नठानोस्, ‘यो राज्य कांग्रेसलाई ठेक्का परेको छ बरु नेपाली कांग्रेसले जानोस्, अब हामी पनि बिग्रने मतिमा पुग्यौँ’ भनेर । एकपटक विवेक गुमाएको पार्टीले फेरि पनि गल्ती गर्दैछ र आफूले आफैलाई अन्धकारतर्फ धकेल्दै छ ।
कस्तो नियति ? यो हुनुमा हात कसको ? साथ कसरको ? गाथ कसको ? मान कसको ? जति ठक्कर खाए पनि बुद्धि नपलाउने कसले बनायो, यो गुमराह ? केको छल हो ? केको कपट हो ? सबै बिर्सिएपछि नेपाली कांग्रेसलाई सप्रिन दिन्छन् ? यतिबेला कुन पार्टीमा गत्तिलो संकेत छ ? कहीँ पनि छैन । एमाले, माओवादी दल सबैमा टुटफुट आएको बेला नेपाली कांग्रेसलाई सग्लो बनाउँछ कसले ? भोलि यदि आफू बाहिरका सबै शक्तिले समर्थन गरेछन् भने पनि कांग्रेस भित्रकै नेताले बसी खान दिन्न । यो कुरा थाहा छ कि छैन ? यदि नेपाली कांग्रेसलाई यो कुरा हेक्का भए यति हण्डरपछि पाएको सरकार चलाउन ढङ्ग, पारा, शैली, चाला, माला यस्तै हो ? यो सुहाउने खेल हो र ? देखिने रमिता हो ? यो चाल्ने कदम हो ?
राजनीति गर्नेको बुद्धि आउने कहिले ? कांग्रेसले यो बेला के ठानेको होला ? के जाने के हाता ? के मानेको होला ? कांग्रेसलाई दया गरेर विश्वसामू सफल भएको देखाने कसले लक्ष्य बोकेको छ होला ? जसका प्रमुख नेता हुन उनी यति बिग्रिएको थाहा छैन भने बाहिरका रमितेलाई थाहा हुन्छ ? अब नेपाली कांग्रेस पनि असल बाटोमा छैन । किनभने यस्तो शक्ति हाबी, भइसक्यो चाहेर पनि यो पार्टीलाई सजिलै गरी खान दिन्नन् र हिजोको सरकारभन्दा आजको सरकार लोकप्रिय हुन दिन्न् । यहाँ जब सबै पार्टी बिग्रन्छन् र नयाँ शक्तिको उदय हुन्छ । जसले अबको सयौँ वर्ष नेपालमा राज गर्छ त्यो समय, दिन आउँदै छ प्रतीक्षा गरौँ ।