शिवराज खनाल
लमही,११ असोज । लमही बजारको आकर्षण र ब्यापारिक चहल पहल बढाउन देउखुरी उद्योग बाणिज्य सघले लमही बजारलाई झिलिमिली बनाउनुको साथै दशै–तिहार तथा छट बिशेष उपहार कार्यक्रम संचालनमा ल्याउने भएको छ ।
देउखुरी उद्योग बाणिज्य सघले सोमवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । चाडपर्बको बेला दैनिक उपभोग्य बस्तु खरिदका लागी बजारमा आउने उपभोक्ताहरुलाई आर्कषित गर्न र उपभोक्ताहरुको सामानको पैसा उपभोक्तालाई नै दिने गरि दशैदेखि छुटसम्म करिब डेड महिना उपहार बिशेष कार्यक्रम सचालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
लमहीमा तीन हजारदेखि माथिको सामान खरिद गर्नेलाई उपहार प्रदान गरिने देउखुरी उद्योग बाणिज्य सघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । उनले ग्राहक र ब्यापारीबिचको समन्वय स्थापित गर्नका लागी संघले नयाँ कामको थालनी गरेको बताए । कार्यक्रमका लागी करिब १५ लाख बराबरको आर्थिक खर्च लाग्ने र त्यसका लागी देउखुरी उद्योग बाणिज्य संघले ३० हजार टिकट बिक्री गर्ने गरि कार्य अघि बढाएको संघका महासचिव लेखराज केसीले जानकारी दिएका छन ।
सघले लमही बजारलाई झिलीमिली बनाउनुकासाथै दशै तिहारको बिचमा फुड फेस्टिबल तथा लमहीको सार्वजनिक बगैचामा सास्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने भएको छ । त्यस अवसरमा लमही बजारमा आउने ग्राहकहरुको आर्कषण बढाउनका लागी संघले उपहार बिशेष कार्यक्रम सचालनमा ल्याउन लागेको हो । मोटर सार्इकलदेखि उपभोग्य सामाग्रीहरु पनि उपहारको बेबस्था रहेको जानकारी दिए ।
त्यस अबसरमा खुल्ला सिमानाका कारण देउखुरी उपत्यकाका ग्राहकहरु सिमाबर्ति भारतको बजारमा गएर सस्तोमा सामान ल्याउने गरेकोले बजार मुल्यमा एक रुपमा ल्याउनुका साथै उपभोग्य सामाग्रीहरुको मन परि मुल्य निर्धारण गरेर सामान बेच्ने परिपाटीलाई निरुत्साहन गर्नका लागी उद्योग बाणिज्य संघलाई आग्रह गरेका थिए ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक प्रियास्मृति गजमेरले गरेका थिए ।