कांग्रेसको धर्मकाँटा, परिसक्यो सात गाँठा

  •   
  •  

मधुसुदन सुवेदी

नेपालको राजनीतिमा नेपाली कांग्रेसको कुरा गर्दा यतिबेला नेपाली का.ग्रेसलाई चारै तिरबाट हेर्दैैछन् । परैतिरबाट बुझ्दैछन् । चारै तिरबाट चिन्दै छन् । चारै तिरबाट विचार्दै छन् । चारै तिरबाट सुन्दै छन् । चारै तिरबाट भोग्दै छन् र चारैतिरबाट महशुस गर्दै छन् । यति मात्र होइन एकपटक होइन, दुई पटक होइन, तीन पटक होइन कैयौा पटक र पटकैपिच्छे बिग्रेको छ, मिलिएको र दुर्गन्ध फैलिएको अवस्थामा नेपाली कांग्रेस सरकारको बागडोर आफ्नो हातमा लिएको छ र समातेको छ ।

यतिबेला देशविदेशका जनताले नेपाली कांग्रेसलाई तौलनको लागि, जोख्नको लागि, नाप्नको लागि र भार क्षमता थाहा पाउनको लागि हातहातमा धर्मकाँटा लिएर तयारी अवस्थामा बसेका छन् । यस्तो स्थिति तथा परिस्थितिको अवस्थामा नेपाली कांग्रेसको तैल नेपाली राजनीतिमा कति ठहर्ला ? आम चासोको विषय बनेको छ । नेपाली कांग्रेसले आजको समयमा पनि आफ्नो तोल, आफ्नो ओजन, आफ्नो भार, आफ्नो प्रभाव देखाउन प्रष्ट्याउन, प्रमाणित गर्न र प्रदर्शन गर्न सकेन भने अब यो पार्टी पनि विलिनको ढोकातर्फ उन्मुख हुने कुरामा दुई मत रहँदैन । किनभने आज नै नेपाली कांग्रेस सामू सातसातवटा काँटामाथि गाँठा परिसके । आर्थत् नेपाली कांग्रेसलाई धर्मकाँटामा राख्न अघि नै सातसातवटा गाँठा पारिसके ।

यी गाँठा नेपाली कांग्रेसलाई सहज छ वा छैन ?यो भने हेर्न बाँकी नै छन् । यतिबेला नेपाली कांग्रेस सामू परेका सात गाँठा भनेको एमालेबाट फुटेको नेपाल कम्युनिस्ट पार्टी समाजवादी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, लोकतान्त्रिक समाजवादी, मधेश जनता समाजवादी, प्रतिपक्ष नेकपा एमाले, सरकारको गठन र आफ्नै महाधिवेशन घरको झगडा । यति कुरा कांग्रेसले कति सहजै पचाउला ? सबै कुराको व्याख्या विश्लेषण गर्न त नपाइएला तर गम्भीर आरोप र गम्भीर प्रश्न के हो भने आजसम्म सरकारको विस्तार नहुनु र हुन नदिनु नेपाली कांग्रेसका लागि ठूलै घातक परिणाम हो ।

यदि नेपाली कांग्रेसले पछिल्लो अवस्थामा सत्ता हात्तीलाई मास्न चाहेको हो भने त्यो ज्यादै ठिक छ र त्यसको सुरुवात प्रदेश तहबाटै गर्नु पर्दछ । हरेक प्रदेशमा एकजना मुख्यमन्त्री मात्र राख्ने र उसैको मातहतबाट बाँकी सबै मन्त्रालय बन्ने र चल्नसक्ने प्रणालीको विकास गर्नुप¥यो । होइन भने केन्द्रीय सरकारमा दुई महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार नगर्नुले के सन्देश जाला ? यो सरकार किन कसरी, कुनबेला कस्तो, कहाँ, केका लागि र कसका लागि बनेको रहेछ ? भन्ने प्रशनको जवाफ धमाधम आपपसेआप आउन थालिसकेको छ ।

नेपाली कांग्रेसले जनतालाई के भनेर जवाफ देला र के भनेर चित्त बुझाउला ? त्यो स्वयम्ले अनुमान गरेको छ ? आजसम्म सरकार गठन किन नगर्ने ? यदि देश र जनताका लागि सामूहिक बलमा ओली सरकारलााई ढालेको हो भने अलिकति पनि लाज र सरम भनेर छिटोभन्दा छिटो मन्त्रिमण्डल गठन गर्नुपर्ने हो कि होइन ? निवर्तमान प्रधानमन्त्री ओलीका सामुन्ने घुँडा टेक्ने बानी नभएका नेतालाई हेक्का छ कि छैन ? आजसम्म मन्त्रिमण्डल गठन नहुँदा आफ्नो आयु घट्छ भनेर । अब हामीले वर्तमान अवस्थामा सरकारमा सम्मलित दलहरुलाई देशका भन्ने कि शेषका भन्ने ? मधेशका भन्ने कि हिमालका भन्ने ?

पहाडका भन्ने कि तराईका, कि पराईका भन्ने ? के भन्ने ? वर्तमान गठबन्धन सरकार सशर्त बनेको हो वा निःशर्त बनेको हो ? यदि सशर्त बनेको हो भने पनि किन आजसम्म तोकिएका शोभा र शर्त पालना भएनन् ? त्यसमा कमीकमजोरी कसको रह्यो ? त्यसलाई बेलैमा खबरदारी किन गर्न सकिएन ? यदि निशर्त बनेको हो भने किन जालझेल, किन ठेलमठेल, किन अलमल, किन अक्कबक्क, किन कछुवाको गति, किन आँखा चिम्लेको ? आफू वरिपरि, आफ्नो दायावायाँ, आफ्नो तलमाथि अरु कोही कसैलाई देखेर काम गर्ने कि सबै ठाउँमा म नै छ भनेर अहंकार, घमण्ड, इष्र्या, द्वेष, आवेग, उद्वेग, राग. र गर्वले फुलेर र निद्रामा काम गर्ने ? अब फेरि राजनीतिमा अघि बढ्ने हो कि होइन ?

शक्तिकै भरमा आफूले आफैलाई पूर्णविराम दिने हो भने भन्नु केही छैन, होइन भोलि फेरि राजनीतिक अस्तित्वमा आउने हो भने यो चालाले, यो मालाले, यो ढङ्गले र यो शैलीले होला ? के लाग्छ जनता भेँडा हुन् ? सुन्नुभयो कि भएन ? नेपालकै चर्चित मिडिया क्षेत्रबाट श्रव्य, दृश्य माध्यममा भनाइ आइसक्यो कि – अब नेपाललाई बाटोमा होइन, चौकमा होइन, गल्लीमा होइन, सडकमा होइन, सदनमा होइन, पार्टीपौवामा होइन, पानीपँधेरोमा होइन, वनजंगलमा होइन, घरघरमा गएर कण्ठालो समात्ने दिन आइसक्यो भनेर ।

यो किन भनियो ? अति भएर । अति भयो भने खति हुन्छ ।नेपालको राजनीतिमा राजनेता नहुनाले क्ष्ति भइसक्यो । अब खति हुन मात्र बाँकी छ । जनताले सहँदासम्म सहे, जनताले पर्खंदासम्म पर्खेँ । जनताले कुर्दासम्म कुरे । जनताले बाटो हेर्दासम्म हेरे । जनताले पर्खिँदासम्म पर्खे । योभन्दा बढ्ता जनतासँग सम्यमता र धीरता नहोला । किनभने विदेशी मुलुकका मानिस नेपालजस्तो सुन्दर, शान्त र विशाल मुलुकमा काम खोज्न खरास्सिएर आउनुपर्ने ठाउँमा नेपालीबासी सारा शिक्षित, अर्धशिक्षित र अनपढ जनशक्ति आफ्नो धनी राष्ट्रलाई गरिब राष्ट्र ठानेर, मानेर, जानेर प्रत्येक दिन विदेशिन वाध्य छन् ।

यो अवस्थामा नेताले जनतालाई के गरे ? सजिलै प्रश्न गर्न सकिन्छ । अतः अबको समयमा कत्ति पनि नचुकेर र नझुकेर देश र जनताको पक्षमा काम नगर्ने हो भने दलीय व्यवस्था रहला नरहला त्यो कुरा ठूलो भएन । आजको ठूला नेता भैंसीपालन, गाईपालन, बाख्रा पालन र कुखुरा पालन गर्ने दिशातर्फ नफर्कनु पर्ला भन्न सकिन्न । आजसम्म जसले जसलाई पशु ठानेर काम गरिरहेको छ तिनै पशुले अबको समयमा आफ्नो गोठालोको रुपमा प्रतिस्थापन गर्ने छन् ।