घोराहीका विद्यालय आजदेखि खुल्ने

  •   
  •  

दाङ,२८ भदौ । घोराही उपमहानगरपालिकाभित्रका सबै बिद्यालय आज सोमवारदेखि खुल्ने भएका छन् । घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख बिनोद गौतम र शिक्षा शाखा अधिकृत नारायण पौडेलले सयुक्त रुपमा विज्ञप्ति जारी गरी आजदेखि सामुदायीक र संस्थागत विद्यालयहरु खुल्ने भएको जानकारी गराएका हुन ।

कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरुमा आजदेखि विद्यार्थीको भौतिक उपस्थित भएर विद्यार्थीहरुले पढ्न पाउने भएका हुन । स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवा समेत संचालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिएका छन् ।

नगर कार्यपालिकाको विद्यालय खोल्ने निर्णयको सिफारिस जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रमा पठाइ त्यहाबाट अनुमोदन गरी विद्यालय खोल्ने निर्णय भएको हो । कोरोना संक्रमणका कारण गत चैत महिनादेखि दाङका विद्यालय बन्द रहेका थिए । कोरोना संक्रमण कम हुदै गएपछि विद्यालयहरु सञ्चालन हुन थालेका हुन । घोराहीसँगै अन्य पालिका विद्यालयहरु समेत खुलेका छन ।