पार्वती बस्नेत
दाङ,२५ भदौ । उद्यमशिलतामा युवाहरुको सक्रिय सहभागिता गराउन सके उर्जाशिल जनशक्तिले देशलाई समृद्धिको बाटोतर्फ डो¥याउने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । साथै उनीहरुले देशको आर्थिक विकाससँगै रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि सरोकार निकायले ध्यान दिनुपर्नेमा जोड दिएका हुन ।
ग्रामीण महिला उत्थान केन्द्र दाङंको आयोजनामा घोराहीमा भएको उद्यमशिलतामा युवाहरुको भूमिका बिषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषालले बजारको संभावना र आवश्यक्तालाई आकलन गरेर ब्यापार तथा ब्यवसाय गर्दा स्वरोजगारहरुको संख्यामा बृद्धिसँगै आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन ।
उनले कुनै पनि व्यवसाय वा काम गर्दा लाज, हिनताबोध नमानेरै थोरै लगानीबाट अनुभव संगाल्दै गरेको ब्याबसायले नै सफलता प्राप्त गर्न सकिने बताए । साथै उनले समुदायमा फरक पहिचान दिलाउने र ब्यापार ब्यावसाय टिकाउने र बिकाउन सहयोग पु¥याउने बताए । उनले संघ संस्थाहरुले गर्दै आएको युवा उद्यमी,स्वरोजगार जस्ता काममा राज्यले पनि चनाखो भएर हातेमालो गरेर काम गरे समुदायमा अझ प्रभाव पार्न सकिने बताएका थिए ।
त्यसैगरी कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्रका कानुनी सल्लाहाकार सौगतविर चौधरीले परिस्थिीति जस्तोसुकै भएपनि नआत्तिएर व्यवसाय गर्ने व्यक्ति सफल हुने बताए । उनले व्यवसायमा आत्तिने र मात्तिनेभन्दा पनि संयमता र धैर्यता गर्ने व्यक्तिले सफलता प्राप्त गर्ने बताए । त्रिभुवन नगर जेसीजका अध्यक्ष मुकेश शर्माले युवाहरुले मिहेनत गर्नै अप्ठ्यारो मान्ने र बिदेश जान लालायित हुने कार्यले देशलाई घाटा भैरहेको भन्दै युवाहरुलाई स्वदेशमै रोक्नका लागि युवामैत्री कार्यक्रमहरु आवश्यक रहेको बताएका थिए ।
उनले युवा जनशक्ति विदेशीदा स्वदेशमा अधिकांस बस्तु आयातित हुने गरेको बताएका थिए । उनले कुनैपनि काममा लगानी,लगनशिलता र थोरैमात्र पनि लकले साथ दिएर काम गर्यो भने आर्थिक फड्को मार्न धेरै समय नलाग्ने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने उद्देष्यले खोलिएको यस संस्थाले गाँउ तथा समुदायलाई नै हरेक कुरामा शसक्त बनाउने हिसाबले आफुहरुले काम गर्दै आएको बताएकी थिइन ।
संस्थाकामा कार्यरत एस.एल.भि.सि.परियोजनाका कार्यक्रम संयोजक भिमकान्त चौधरीले स्वागत तथा कार्यक्रमको उद्देष्यमाथि प्रकाश पारेका थिए । ग्रामीण महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक एच.बि.थापा र कार्यक्रम संयोजक भिमकान्त चौधरीले अभिमुखिकरण कार्यक्रमको सहजीकरण गरेका थिए । ३०जना युवाहरुको सहभागिता रहेको उद्धघाटनसत्र कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गरेकी थिइन ।