घोराही, १४ भदौ । ओडीएम पब्लिक स्कूल, भारतले अनलाइन मार्फत आयोजना गरेको ‘द साइन्स कन्क्लेभ’मा दाङको गुरुकुल एकेडेमीका हेमराज खनाल र अनुराधा पोख्रेल उत्कृष्ट भएका छन् ।
भर्चूअल माध्यमबाट गरिएको साइन्स कन्क्लेभको ‘फोटेक्स’ मा गुरुकुल एकेडेमीमा अध्ययनरत हेमराज खनाल दोस्रो भएका छन् भने ‘क्लिन टेक’मा अनुराधा पोखरेल तेस्रो भएकी हुन् ।
प्रतियोगितमा विभिन्न मुलुकलका विद्यालयहरुले सहभागी जनाएका थिए । कार्यक्रममा विद्यालयको तर्फबाट आएस ओ कोर्डिनेटर इन्द्र पोख्रेलले सहभागी जनाउनुभएको थियो ।