लक्ष्मण बस्नेत
तुलसीपुर, १३ भदौ । तुलसीपुर उपमहानगरपालिका– ८ को गैरिचौरमा खुला फुटबल प्रतियोगिता–२०७८ हुने भएको छ ।
बागेश्वरी टोल बिकास संस्थाको आयोजना तथा दुधेना फुटबल क्लबको संरक्षणमा संचालन गरिन लागेको प्रतियोगिता यहि भदौ १७ गतेदेखि सुरु हुुनेछ ।
स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १८ बढी टिमको सहभागिता रहने आयोजक बागेश्वरी टोल बिकास संस्थाका अध्यक्ष प्रकाश बिश्वकर्माले जानकारी दिएका छन ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित मापदण्ड अपनाउदै तुलसीपुर–८ मा अबस्थित गैरिचौर खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ।
प्रतियोगिताको बिजेता टिमले खसी तथा उपबिजेता टिमले नगद सात हजार पाँच सय, मेडल,प्रमाणपत्र हात पार्ने छन् भने खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ खेलाडीलाई पुरस्कृत गरिने खेल संयोजक चुडामणी बस्यालले जानकारी दिएका छन । आयोजकले प्रतियोगिताको तयारीलाई तिब्र पारेको छ । उसले टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माणलगायतका पक्षमा तिब्रता दिएको छ ।