बालकविता प्रतियोगिताको नतिजा प्रकाशन

दाङ,६ भदौ । नीमादेवी खनाल बालकविता प्रतियोगिता अन्तर्गत घोराही क्षेत्रको नतिजा प्रकाशित गरिएको छ ।

घोराही क्षेत्रबाट प्राप्त दुई दर्जन कविताहरू मध्येबाट आज बसेको निर्णायकर मुल्यांकन समितिको निर्णय सार्वजनिक गरिएको हो । नीमादेवी खनाल बालकविता प्रतियोगिताका लागि राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालले आफ्नी आमाको स्मृतिमा अक्षकोष स्थापना गर्नु भएको हो ।

निर्णायक तथा मुल्यांकन समितिमा साहित्यकारहरू कमलमणि देवकोटा, भुवन देवकोटा शरद, खगराज न्यौपाने सहित तीन जनाको मुल्यांकनबाट प्रथम ( आयुष देवकोटा, गोरखा इन्टरनेशनल स्कुल घोराही, द्वितीय ( वैभवी गौतम, जनज्योति बिद्यामन्दिर घोराही, तृतीय ( अतिसा पोख्रेल, माउन्ट भ्यु बोडिङ स्कुल घोराही र सान्त्वना ( ममता आचार्य, सगरमाथा बोडिङ स्कुल गोग्ली पुरस्कृतका लागि छनौट भएका छन् ।

पुरस्कृतका लागि छनौट भएका विद्यार्थी भाइ बहिनीहरूलाई समय अनुकूलता हेरी राप्ती साहित्य परिषद् दाङ शाखाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दीपक शर्मा समीरले जानकारी दिनु भएको घोराही क्षेत्रका कार्यक्रम संयोजक यम रेग्मीले बताउनु भएको छ  भने तुल्सीपुर र लमही देउखुरी क्षेत्रका लागि समय थप गरिएकाले भाद्र १५ गतेभित्र dangibilalata3@gmail.com, akmagar2048@gmail.com, jcdeepak78@gmail.com र kc_prakash33@gmail.com मा १४ वर्ष मुनिका बालबालिकाहरूका बालकविता पठाई सहयोग गरिदिन हुन सम्वन्धित क्षेत्रका विभिन्न स्कुलका प्रधानाध्यापक, अभिभावक र १४ वर्ष मुनिका विद्यार्थी भाइ बहिनीहरु सबैमा सचीव प्रकाश केसीले अनुरोध गर्नु भएको छ ।