तुलसीपुर उपमहानगरपालिका–७ घुसरी गाउँ पुग्नका लागि राम्रो बाटो नहँुदा जनताले बर्षादको समयमा दुःख पाउने गरेका छन् । घुसरीबासी उपमहानगरवासी भएपनि स्थानीय सरकारको बेवास्थाका कारण उक्त गाउँमा बिरामी ल्याउनका जाने सडक समेत छैन । चुनावका मुखमा जनतालाई विकासका भाषण दिने नेताहरु चुनाव जितेपछि कहिल्यै नफर्कने गरेको स्थानीय बताउँछन् । स्थानीयले आफुलाई उपमहानगरबासी भएको अनुभुति गराउन वडा कार्यालय, तुलसीपुर उपमहानगरपालिका तथा त्यसक्षेत्रबाट निर्वाचित जनप्रतिनिधिसँग आग्रह गरेपनि कसैले वास्ता नगर्ने गरेको गुनासो गरेका छन् ।