सरकारको चाला, जति ग¥यो उत गाली खाला

मधुसूदन सुवेदी

नेपालमा हिजोदेखि आजसम्म बनेका र बन्दै गरेका सरकारले प्रतिपक्षको तर्फबाट गाली खान भने नछोड्ने भए । प्रतिपक्षको धर्म, सत्ता पक्षको नङ्ग्याउने धर्म भनेर टुक्का मिलाएर पनि राम्रो गर्दा तारिफ र नराम्रो गर्दा खबरदारी गर्ने हुनुपथ्र्यो । तर प्रतिपक्ष सत्ता पक्षकै खुट्टा तान्ने र जसरी पनि हात खुट्टा बाँध्ने प्रमुख एजेण्डा बन्यो ।

आजसम्मकै क्रियाकलाप र दिनचर्यालाई हेर्ने हो भने प्रतिपक्षको भूमिका देश र जनताका लागि खासै ठूलो भूमिका खेलेको देखिएन । सरकारको न्याय, धर्म, कर्तव्य र जिम्मेवारीअनुसार काम गर्न सक्यो वा सकेन ? भनेर सरकारको मूल्यांकन गर्ने र त्यसको आधारमा जनउत्तरदायी बनाउनुपर्नेमा सरकारमा सम्लग्न व्यक्तिको उदाङ्गो हुने गरी खेदो खन्ने र सरकारको कामलाई अलमलमा पोनृ र यो सरकारले कुनै काम गर्न सकेन भनी र जनतामा कमजोर सरकार भएको महसुस गराउने वाहेक अर्को ठूलो भूमिका केही देखिएन । यहाँ सबैखाले प्रतिपक्षले, यहाँ अनेकखाले प्रतिपक्षले एकैखाले भूमिका निर्वाह् गरे ।

कसले कस्तो भूमिका निर्वाह ग¥यो ? जनता र देशलाई साक्षी राखेर मूल्यांकन गर्ने हो भने कोही पनि पास हुँदैनन् । नेपालमा फेल भएका प्रतिपक्षले सरकारको सन्देश जनता समक्ष पनि पु¥याउन सकेनन्, सत्तापक्ष र प्रतिपक्षबीच जुहारी खेल्नुभन्दा सत्ता पक्षको कमीकमजोरीलाई जनअदालतमा ल्याइदिएर बहस चलाएको भए कति राम्रो हुने थियो । जनता समक्ष देखिँदै नदेखिने, सरकारसँग बार्गेनिङ गर्ने । सत्ता पक्षमा हुँदा पनि भागबण्डाकै विषयमा सहमति गर्न खोज्ने ।

प्रतिपक्षमा हुँदा पनि भागबण्डामै सीमित रहेर सहमति खोज्ने । सत्ता पक्षको मान्छे यहाँ बस्ने, प्रतिपक्षको मान्छे त्यहाँ बस्ने भनेर स्थानमान, सम्मान, हैसियत र कुर्सीको निर्धारण गर्ने गर्नुपर्ने काम र नगर्नुपर्ने कामको कुनै वास्ता नै नगर्ने । यो सबै के भएको होला ? साच्चिकै सरकारमा व्यक्ति को र शक्ति को हो ? भनेरै चिनेर जानेरै यसको गरेको होला कि सरकारको रबैया त्यस्तै भएर होला ? यो पालको पैँचो, परेको गास, होला कि भएकै खास होला ? बुझ्न निकै गाह्रो, कठिन र तकलिफ भयो क्या ।

‘सरकारको चाला, जति ग¥यो उति गाली खाला’ यो नियति हो कि नियत हो ? समस्या पनि कति–कति र कस्ता–कस्ता क्या ? जतिले पनि जसले पनि र नेपालमा जहाँ पनि भन्ने गरेको सरकारको थेगो के हो भने नि – काम गर्ने अति उत्साह, उमंग, जोश, जाँगर, हिम्मत साहस, वर्कत र शक्ति थियो तर प्रतिपक्षले हुनै दिएन । जहाँ गए पनि बसिखान र टिकखानै दिएन । देशको प्रतिपक्ष नै यस्तो र त्यस्तो भएपछि एक्लो सरकारले गर्न देउ भन्ने ? कति सजिलो ? यो त मिलोमतो जस्तो भएन र ? एउटा प्रतिपक्षले अर्को सरकारलाई गाली ग¥यो, त्यो सरकारले प्रतिपक्षकै कारण काम गर्न पाएन भन्यो, सफाई पायो ।

अर्को प्रतिपक्षले एउटा सरकारलाई गाली ग¥यो त्यो सरकारले पनि प्रतिपक्षकै कारण काम गर्न सकेन र काम गर्न दिएनन् भन्यो सफाई पायो । यो त प्रतिपक्ष फुटाऊ, देश लुटाउ भनेजस्तो भएन र ? जहिले पनि प्रतिपक्षबाट सत्ता पक्षलाई आक्रमणमा के लोकतन्त्रमा प्रतिपषको संवैधानिक हकअधिकार भित्रकै कुरा यही हो त ? यदि त्यसो होइन भने प्रतिपक्षले सरकारबाट जनतालाई दिन सकेको डेलिभरी दिलाउने काम हो कि होइन ?

सरकार र प्रतिपषको अवस्थित नङ र मासुजस्तै हुनुपर्ने हो कि होइन ? सरकारले काम गर्ने सिलसिलामा बिर्सेका, भुलेका, चुकेका, ओझेलमा परेका, वास्ता नगरेका र कार्यान्वयनमा नल्याएका कुरालाई प्राथकितामा राखेर सरकारलाई जागृत बनाउनुपर्ने हो कि होइन ? सरकारले देश र जनताप्रति वफादार भई गरेका र नगरेका काम, कार्यलाई दूधको दूध र पानीको पानी छुट्याएर जनता समक्ष प्रकट गर्नुपर्ने थियो वा थिएन ? आज देशमा हे¥यो भने सरकार बिग्रियो प्रतिपक्षकै कारणले ।

सरकार भत्कियो प्रतिपक्षकै कारणले । सरकार विवादमा प¥यो प्रतिपक्षकै कारणले । सरकार चुक्यो प्रतिपक्षकै कारणले । सरकारले गाली खायो प्रतिपक्षकै कारणले । यो सबै खेल सुहाउने हुन् ? यसलाई देश र जनताले सधैँ पचाइरहन्छन् । यो कुनै नाटक हो ? या कुनै मनोरञ्जनको खेल हो । देश हाँक्ने र सत्ताको बागडोर समाउने कुरामा समेत सामान्ययीकरण गर्ने ? यसलार्य समेत हावादारी बनाउने ? यो सदाका लागि प्रिय छ र हुन्छ ? आखिर हो के ? भन्न परेन ? प्रतिपक्ष के हो ? चिन्नुपरेन । सधौ फूलपाती सेलाउने मात्र काम गर्ने ?

आफैले पूजा गर्न नसक्ने तर अर्काको पूजा गरेको फूलपाती नदीमा लगेर सेलाउने मात्र प्रतिपक्षको धर्म हो ? न्याय र अन्याय केलाउने प्रतिपक्षको धर्म होयन ? आखिर हाम्रो देशमा असली रुपमा, आखिर हाम्रो देशमा असली रुपमा भएको के हो ? सरकार गतिछाडा कि प्रतिपक्ष मतिछाडा ? यो देशको सहमति धर्म के हो र हो के ? यो चाला टिक्छ कति ? बिक्छ कति, सिक्छ कति, झिक्छ कति, अस्ति, हिजो, आज र भोलिसम्म नै यही नानीदेखिकै बानी चलिरहने हो भने देश चल्छ कसरी ? देश बल्छ कसरी, देश फल्छ कसरी ? यो चिन्ता, चासो, गुनासो बोक्ने को हो ? बोकाउने को हो ? बिसाउने को हो ? चिन्ने कोहो र चिनाउने को हो ?