
खेमराज रिजाल
तुलसीपुर, २५ साउन । ‘कोरोना भाइरस राजिनामा दे, कोभिड—१९ देश छोड । कोभिसिल्ड हाईहाई, कोरोना भाइरस वाईवाई, भेरोशिल हाईहाई, कोरोना वाईवाई, जोन्सोन खोप हाईहाई, कोरोनाको वाईवाई’ यी प्लेकार्ड बोकेका सयौं नागरीकहरुले तुलसीपुर बजार परिक्रममा गरे । स्वास्थ्य क्लव दाङले आयोजना गरेको थियो त्यो कार्यक्रम । सो जुलुसले बजार परिक्रममा गरी जेसीजचौकमा एउटा कोणसभाको आयोजना गर्यो ।
कोणसभा नगरपिता घनश्याम पाण्डेको अध्यक्षतामा भएको थियो । सवै राजनीतिक दलका पदाधिकारीहरु, विद्यालयका प्राचार्यहरु, विद्यार्थीहरु तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुको वाक्लो उपस्थीति देखिन्थ्यो, तर सहभागीहरु भने सामाजिक दुरी कायम गरेका देखिए । प्रमुख अतिथि बनाइएका थिए, अघिल्लो स्थानिय निर्वाचनमा नगरपिताका प्रत्यासी उम्मेदवार गेहेन्द्र गिरी । विशिष्ठ अतिथि थिए, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, सामाजिक अभियन्ता तथा विकासविज्ञ नहकुल केसीलगायतका संघीय सांसद तथा प्रदेशसभा सदस्यहरु । कति उत्साही थियो कार्यक्रम । कुनै दलिय भेदभाव थिएन ।
दलिय गालिगलौज थिएन् । प्रमुख अतिथि गेहेन्द्र गिरीले कोणसभालाई सम्वोधन गर्दै भरिहरको थिए, खरिद भएको र अनुदानमा आएको खोप स्टक नराखौं, सवैलाई चांडै खोप लगाऔं । खोप लगाएका नागरिकले पनि सकेसम्म सामाजिक दुरी कायम गरौं, स्वास्थ्यका मापदण्डको पालना गरौं । विशिष्ठ अतिथि रामबहादुर कुरुम्वाङले अव दाङ जिल्लामा खोपको स्टोरेज क्यापासिटि बढाइएको भन्दै सवै जिल्लाबासीलाइ पुग्ने गरी खोप पठाउन स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारलाई आग्रह गरिरहेका थिए ।
विज्ञ तथा सामाजिक अभियन्ता नहकुल केसीले अझै पनि सवै नागरीकलाई देशमा उपलव्ध खोप अप्रयाप्त भएकाले सत्तापक्ष र प्रतिपक्ष दुवैले खोप मगाउनकालागी कुटनीतिक पहल गर्नुपर्ने धारणा राखिरहंदा कोणसभामा पररररर.. तालि बजेको थियो । साउने झरीमा आयोजित कोणसभालाइ झरीले पनि छेकेन । एक टक अडिएका थिए, विद्यार्थीहरु । शिक्षककातर्फबाट अभिव्यक्ति दिंदै गोरखा स्कुलका प्राचार्य विजय जिएमले सरकारले स्नातक तहको परीक्षा सन्चालन गर्न अनुमति दिए जसरीनै बाह्र कक्षाको पनि परीक्षा भौतिक उपस्थीतिबीच गराउन अनुमति दिन आग्रह गरे ।
सम्भव हुन्छ भने बाह्र कक्षाका परीक्षार्थीहरुलाइ अव सकेसम्म चांडै कोरोना भाइरस विरुद्धको खोप लगाएर परीक्षाको व्यवस्था गर्न आग्रह गरीरहंदा विद्यार्थीहरुको हुटिङ रोचक देखिन्थ्यो । कोणसभामा सुरक्षाकर्मीहरुको पनि उत्साहजनक सहभागिता देखिन्थ्यो । उनीहरुले कोणसभामा सहभागीहरुलाइ मास्क लगाउन आग्रह गर्दै निशुल्क रुपमा वितरण समेत गरीरहेका थिए । किनकि सरकारले यो सातालाई मास्क अभियान सप्ताहका रुपमा मनाइरहेको छ ।
कोणसभाको समापन गर्दै अध्यक्ष घनश्याम पाण्डेले कोरोना भाइरस विरुद्ध लड्नकालागी सवै नगरबासीहरुको हातेमालोको आवश्यकता औल्याए । उनले कोभिड विरुद्ध लड्न तुलसीपुर उपमहानगरपालिकाले हदैसम्मको प्रयास गर्ने बतारहंदा मेरो मोवाइल फोनमा टिङटिङ घण्टी बज्यो, झल्यास्स भएर व्युझिंएं । मत बीपी चोकस्थीत सन्जिवनी एफएमको सोफामा निदाउंँदा देखेको सपना पो रहेछ यो त । शरद रेग्मीको फोन थियो, चिया पिउन पार्क क्याफे आउनुस् । सार्थक होला त यस्तो सपना……।