घोराही, २४ साउन । राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल दाङको आयोजनामा नगरस्तरीय समिति गठन गरिएको छ । घोराहीमा बसेको भेलाले चुट्का भजन समिति विस्तार गरिएको हो ।
प्रष्ठिानका अध्यक्ष टेक बहादुर खड्काको अध्यक्षता तथा पतञ्जली योग जिल्ला समिति सदस्य युवराज आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले भजन गायक केशव पौडे्लको अध्यक्षतमा ९ सदस्य गठन गरिएको हो । जसको उपाध्यक्षमा लेख बहादुर थापा, सचिव राजन रावंत, कोषाध्यक्ष रचना चौधरी चयन भएकी छिन ।
यसैगरी सदस्यमा घनश्याम केसी, भुपेन्द्र अधिकारी, खिमा रावंत, लक्ष्मी आचार्य, तुलसी केसी रहृेका छन । भेलाले सल्लाहकारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दाङका अध्यक्ष राजेन्द्र दाहाल, पूर्व अध्यक्ष प्रेम शर्मा र युवराज आचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलामा बोल्ने बक्ताहरुले परावूर्प कालदेखी चल्दै आएको लोक चुट्का लोप हुन लागेको भन्दै यसलाई जोगाई राख्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेम शर्मा, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहाल, चुट्का भजन तुलसीपुर नगर अध्यक्ष जागेश्वर भण्डारी, पतञ्जली सांस्कृति उपसमितिका केशव बस्नेत, प्रदेश प्रतिनिधी राम बहादुर वली लगाएतले बोल्नुभएको थियो ।