वर्ण तथा आश्रमको वर्णन

राधेश्याम उपाध्याय

राजधर्मका बारेमा सुनेर खुसी हुँदै युधिष्ठिरले भीष्मसँग ब्राह्मण, क्षेत्री, वैश्य, शुद्रहरुको आ–आफ्नो धर्म केहो ? मलाई सुन्ने ईच्छा भयो भनी सोधे । यो सुनेर खुसी हुँदै भीष्मले आफ्नो दैनिकी स्नान ध्यान योग सन्ध्या तप ज्ञान विज्ञानको विचार गरी अरुलाई शास्त्रको शिक्षा दिनु । यज्ञ गराउनु क्रोध त्याग्नु सत्य बोल्नु खुसी साथ धन सम्पत्ति बाँडेर उपभोग गर्नु शान्त रहनु सबैलाई क्षमा दया भाव राख्नु । द्रोह लोभ मोह त्यागी सन्ताष मान्नु । आफ्नो धर्मको सदा पालन गर्नु । लोध नगर्नु सवैको उपकार गर्नु नै ब्राह्मण धर्म हो ।

त्यसै गरी आफूले नलिई सदैव दान गर्नु ठूला–ठूला यज्ञ गर्नु शास्त्रहरुको अध्ययन गर्नु रैती सज्जन र विप्रहरुको पालन पोषण गर्नु । अन्यायी दुष्टहरुको डर नमानी नास गर्नु नै क्षेत्रीय धर्म हो । यो धर्म तिमीले सदा सर्वदा पालन गर्नु । पढ्नु दान दिनु यज्ञ गर्नु । प्रशस्त धन विप्र तथा सज्जन र दुःखी दरिद्रीहरुलाई बाँड्नु खरिद बिक्री व्यापार गर्नु गो धन प्रशस्त पाल्नु नै वैश्य धर्म हो । त्यसै गरी सबैको उद्योग गरेर सेवा गर्नु शुद्र धर्म हो भनी शास्त्रहरुमा वर्णन गरिएको छ भनी भीष्मले भने ।

यो सुनेर युधिष्ठिरले चार आश्रमको वर्णन गर्न अनुरोध गरे । भीष्मले पनि मानव जीवनमा चार आश्रमको वर्ण गरेको छ र चारै आश्रमको आ–आफ्नै महत्व छ । प्रथम ब्रम्हचर्य आश्रम हो । यस आश्रममा जन्मेदेखि २५ वर्षको उमेरसम्म मानिसले ब्रतवन्ध गर्नु गुरु कुलमा शिक्षा हासिल गर्नु र ब्रम्हचर्यमा बस्नु यस आश्रमका मुख्य गर्नु पर्ने कार्य हुन् । दोश्रो गृहस्त आश्रम हो । यस आश्रममा २५ वर्षदेखि माथि ५० वर्ष सम्मको उमेरमा आफ्नो धर्म अनुसार विवाह गर्ने सन्तान जन्माउने र सन्तानको लालन पालन गर्ने यस आश्रमका मुख्य गर्नुपर्ने कार्य हुन् ।

त्यसैगरी तेस्रो वामप्रस्थ आश्रम हो । यस आश्रममा ५० वर्षदेखि माथि ७५ वर्षसम्मको उमेरमा घर गृहस्थी सबै सन्तानको जिम्मा लगाई पत्नी सहित पत्नी नभए एक्लै वनमा गै तप गर्नु भगवानमा चित्त लगाई ध्यान गर्नु नै यस आश्रमका मुख्य गर्नुपर्ने कार्य हुन् । चौथो सन्यास आश्रम हो । यस आश्रममा ७५ वर्षदेखि माथिको उमेरमा सबै माया मोहका बन्धन त्यागी परब्रम्हमा तित्त लगाई सन्यास धारण गर्नु नै यस आश्रमको मुख्य कार्य हो । भनिन्छ यो विप्रहरुको धर्म हो र यसको पालन गरे उत्तम लोक प्राप्त हुन्छ । सवैले आ आफ्नो सद्धर्मको पालन गर्नु नै सुखको आधार हो ।

यो सुनेर युधिष्ठिरले दुर्जन पुरुष र सत्पुरुषमा कस्ता गुण हुन्छन् र कसरी सत्पुरुषलाई चिन्ने । विज्ञजनले कस्ता कृतघ्नीहरुसँग मैत्री र सन्धि गर्नु हँुदैन भनी पिताम्महसँग सोधे । यो सुनेर पिताम्महले सम्झाउँदै भन्नुभयो । हे बावु पापी धुर्त नृशंस दुष्ट कपटी लोभी र समाजबाट निन्दित संकटका समयमा त्याग्ने आफ्नाको द्रोह गर्ने कृतघ्नी कुलंघार त्यस्तासँग मैत्री नगर्नु ती दुर्जन हुन् । तिनले दुःखको समयमा छोड्दछन् । दानी सूरवीर कृतज्ञ श्रेष्ठ कुलको सन्तान ज्ञानी गुणी सत्य बोल्ने परोपकारी उपकारी दयालु यी सत्पुरुषका गुण हुन् । यस्तासँग मैत्री गर्नुपर्दछ । यस्ताबाट कष्ट हुन्न र सङ्कष्टका समयमा सहयोग नै पाइन्छ ।

मानिस स्त्री पुरुष पिता माता वन्धु–वान्धव मर्दा सर्वस्व नासिदा आपत्ति आउँदा किन शोक गर्दछन् ? सबै चिन्ता र शोक निवारण हुने उपाय के छ ? भनी युधिष्ठिरले भीष्मलाई पुनः सोध्दछन् । यो सुनेर भीष्मले पनि भने हे बावु जसले मेरो केही पनि छैन म यस लोकमा अरुको भलो गर्नका लागि मात्र छु । ममाथि कसैले ममता राख्दैन र म पनि क्वै जीवमा ममता राख्दैन । मेरो देह र समस्त यो पृथ्वीलोक समेत मेरो हैन र म आफ्नो ठान्दिन । यी पिता माता पत्नी, पुत्रपुत्री वन्धुबान्धवहरु मेरा हैनन् ।

त्यसरी नै म पनि अरुको हैन । यो खाली नाटक हो र यात्रामा भेट भएका सहयात्री मात्रै हुन् । जब मेरा कोही हैनन् र म पनि कसैको हैन भने यात्रामा आउँदा जाँदा के को चिन्ता । हे राजन हजुरले पनि यही कुरा धारण गरेर केही कुराको दुःख नमानी चिन्ता त्यागी आफ्नो कर्तव्यको पालन गर्नुहोस् । यो पृथ्वी लोकमा सुख दुखः समयको चक्रमा घुमि रहन्छ । सुख र दुखः सधैभरी रहि रहन्न् । कुमालेको चक्र झै सदैव घुमी रहन्छ ।

फेरि युधिष्ठिरले जो राजा राज्य भ्रष्ट भएको शोकले दुःखित छन् तिनलाई के गर्दा यसलोकमा सुख हुन्छ र लक्ष्मी प्राप्त कसरी हुन्छ ? सम्पत्ति स्थिर भएर कसरी रहन्छ र कसरी नासिन्छ । यो सुनेर भीष्मले पहिलेको एक कथा सुनाउँछन् । एकदिन इन्द्र ब्रम्हाजीसँग गएर कुनै दिनका ठूलो कीर्ति फैलिएका वलिराजा को पत्ता लाग्दैन ती अहिले कहाँ छन् भनी सोधे ।

ब्रम्हाजीले पनि इन्द्रका यस्ता घमण्डका कुरा सुनेर हाँस्दै भने हे देवेन्द्र वलिराजासँग भेट गर्ने इच्छा भए जाउ जङ्गलमा गएर खोज । तिमीले जङ्गलमा ठूलो कुनै पशु देख्यौ भने जान्नु तिनै कुनै समयका ठूला सत्कीर्ति भएका बलिराजा हुन् भनेर । ब्रम्हाका यस्ता कुरा सुनेर देवराज इन्द्र बलिराजालाई खोज्न जङ्गलतर्फ लागे । खोज्दै जाादा जङ्गलमा एउटा ठूलो खर (गदाहा) देखे । गदाहाको नजिक गै बली यिनै हुन भनी चिन्ही हाच्याउँदै हे बली तिम्रो पहिलेको त्यो यश साम्राज्य सम्पत्ति के गरी नासियो र तिमी आज यो दुर्गतिमा घाँस खान्छौ । दिनहुँ कति चुटाई खाँदा हौ यो अवस्थामा आएर बस्नु र आफ्ना पहिलेका सुखका दिन सम्झदा हौं ।

तिम्रा ती छत्र ध्वजा चामर राजसिंहासन पनि देख्दैन । तिम्रो आफ्नो यो अवस्थालाई तिमी सुख वा दुःख के ठान्छौ भनि सोधे । इन्द्रको यस्तो व्यङ्गेवाण सुनेर वलिले यसरी हेपेर नबोल अघिको पुण्यको प्रभावले धेरै थरीका सुख भोग गरें अहिले खर (गदाहा) बनेर आफ्नो दुःखको कर्म फल भोग्दै छु । सुखका समयमा जस्तो आनन्द थियो त्यस्तै यो गदाहा रुपमा पनि सुख नै मान्द छु ।

राम्रोरुप वा कुरुप, धनी वा दरिद्र, निर्धो वा वलवान, मुर्ख वा विद्वान जे भय पनि बेला पुगेमा कालका बसमा परी मर्दछन् । जब म यो भवको सबै अनित्य भनी जान्दछु तब म दुःखी हुँदैन । जसरी जन्मनु मर्नु रात–दिन सरी चल्दछ त्यसैलाई नै जसले सुख–दुःख मान्दछ त्यो यसलोकमा मुर्ख हो । आज जसरी तिमीले राज्यलक्ष्मी छन् भनेर गर्व गर्दछौँ । ती राज्यलक्ष्मी स्थिर भएर कहिले पनि बस्दिनन् डुलि रहन्छिन् । जसरी अहिले मलाई छोडेर तिमी संग गईन् त्यसरी नै एक दिन तिमीलाई पनि छोड्ेछिन् ।

भन्ने बुझेर अर्कालाई यसरी बिझ्ने गरी भन्नु हुँदैन । यसरी बली र इन्द्रको वार्ता भइरहेको थियो लक्ष्मी त्यही आईपुगिन् । यो देखेर इन्द्रले फेरि पनि बलीलाई हाच्याउँदै सोधे यी को हुन् ? यो सुनेर बलीले पनि भनिदिए म चिन्दैन को हुन आफै सोध । यो सुनेर इन्द्रले हे सुमुखी तिमि को हौँ ? भनी सोधे । लक्ष्मीले पनि इन्द्रको कुरा सुनेर हे देवेन्द्र मलाई मानिसहरु लक्ष्मी वा रमा भन्दछन् । यो सुनेर इन्द्रले दुवै हात जोडेर हे सुन्दरी बलीलाई यो समयमा किन त्याग गर्नु भयो । इन्द्रको यस्तो विन्ति सुनी प्रशन्न मनले रमाले भनिन् । मेरो बस्ने स्थान सत्य व्रत सद्धर्म उद्योग हो ।

जबसम्म बलिराजाले श्रद्धापूर्वक यी मेरा वासस्थानको पालन गर्दथे । जबसम्म दान ठूला यज्ञहरु गरे ऋषिमुनि र सत्पात्रको पालन गरे त्यहाँसम्म म ठूलो कीर्ति बढाई बलीसँग नै बसे । जव यिनले यी सबै गर्न छोडे आफूलाई तिनै लोकमा श्रेष्ठ हुँ भनी मेरो सबैले सम्मान र पुजा गरुन् भनी घमण्डी भई सबैको निन्दा गर्न थाले तब मैले यिनलाई छाडिदिए र गदाहा भई दुःख भोग्दै यो जङ्गलमा बसेका छन् ।

जसले आलस्य त्यागेर यत्न तेस्रो पाऊ अग्नी (हुताशन) मा र चौथो पाऊ साध्वी ब्राह्मण देवता पितृको पुजा गर्ने, धर्म कर्म ब्रतको आनन्दले पालन गर्ने, दीनहीन दुखी दरिद्री अनाथको सदैव सक्षा गर्ने व्यक्तिहरुको काँधमा राख्नुहोस् र थिर भै सदैव मेरो सुरक्षा गरी बस्नुहोस् भने । यो सुनेर लक्ष्मी खुसी भै तिम्रो ईच्छा पूरा हुनेछ भनी आशीर्वाद दिई तिनै स्थानमा बस्न लागिन र इन्द्र लक्ष्मी मेरो बसमा छिन् भनी खुसी भए ।

तब तिनको भाव बुझेर विज्ञ बलीले वृथा यसरी घमण्ड नगर मेरो दुःख नाश हुनेछ । यो मन्वव्तर बदलिनेछ म अघिझैं स्वर्गको साम्राज्य भोग गर्ने छु, त्यस समयमा तिमीलाई लक्ष्मीले छोड्नेछिन् । तिमी पनि अहिले म सरह श्रीहिन हुनेछौ । यो सुनेर इन्द्र रिसले आगो सरह भै रिसाउँदै स्वर्ग गए बली धेरै वर्ष आफ्ना दुःख सहदै बसे । यो कथा सुनाएर भीष्मले युधिष्ठिरलाई लक्ष्मी प्राप्त कसरी हुन्छ र सम्पत्ति स्थिर भएर कसरी रहन्छ र कसरी नासिन्छ भन्ने ज्ञान दिए ।