माबि बालबिकासको प्रधानाध्यापकमा पोखरेल नियुक्त

  •   
  •  

दाङ,५ साउन । माबि बालबिकासको निमित्त प्रधानध्यापकमा श्रीधर पोखरेल नियुक्त हुनु भएको छ ।

घोराही उपमहानगरपालिका –१४ मा रहेको उक्त विद्यालयमा श्री सिद्धरत्ननाथ मावि नारायणपुरमा अध्यापन गराउँदै आउँनु भएका पोखरेल प्र.अ.मा नियुक्त हुनु भएको हो ।

घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाले नगर क्षेत्रमा रहेका मावि स्तरका विद्यालयमा मावि दरबन्दीकै प्रअ नियुक्त गर्ने व्यवस्था भए बमोजिम उहाँलाई तोकी पठाएको हो । त्यसक्रममा नवयुक्त प्रधानध्यापक पोखरेलले आज पदभार ग्रहण गर्नु भएको छ । – भने निवर्तमान प्रअ राजेन्द« श्रेष्ठलाई प्रधानध्यापको जिम्मेवारीबाट बिदाई गरिएको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगीले नवयुक्त प्रअ पोखरेललाई निवर्तमान प्रअ श्रेष्ठलाई अध्यक्ष डाँगीले टिका फुलमाला र मायाको चिनो हस्तान्तरण गर्नु भएको थियोे ।

अध्यक्ष डाँगीले विद्यालयलाई विधीमा रहेर संचालन गर्न निर्देशन गर्नुभएको थियो । शिक्षकले कर्तव्य पालना गरे शैक्षिक गुणस्तर माथी उठ्ने भन्दै त्यसका लागि सबै शिक्षक,कर्मचारीले ध्यान दिनुपर्ने वताउँनुभयो । नवनियुक्त प्रअ पोखरेलले शैक्षिक उपलब्धी आफ्नो पहिलो लक्ष्य भएको उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधारणले विद्यालयको गुणस्तर माथी नउठ्ने भन्दै त्यसका लागि शिक्षकले अध्ययन अनुसन्धानमा ध्यान दिनुपर्ने वताउँनुभयो । ३२ बर्षको आफ्नो शैक्षिक अनुभव विद्यालयमा खर्च गर्ने भन्दै त्यसका लागि सबैले साथ दिनुपर्ने उल्लेख गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक माधव चौधरीले गर्नु भएको थियो ।