बर्दियामा दुई पालिकाका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री सहयोग

  •   
  •  

बर्दिया,३ साउन । रोटरी क्लब अफ बर्दियाको आयोजना, रोटरी क्लब अफ धनगढीको सौजन्य तथा रेरी बाँके र जेसीज नेपालगन्जको सहकार्यमा ठाकुरबाबा नगरपालिका र बढैयातालका आइसोलेसन सेन्टरका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

आइसोलेसन सेन्टरहरुका लागि १-१ थान 10lpmO2 concentrater, २ सय ५० थान सर्जिकल मास्क, १५ थान KN95 मास्क, ५ थान (५००मि.लि.) सेनिटाइज, ४ थान पल्स अक्सिमिटर गरि करिब ४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ बर्दियाका सर्भिस चेअर तथा रेरी बाँकेका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिएका छन्।

कार्यक्रममा संम्वन्धीत संस्था तथा पालिकाका स्वास्थ्य संस्था प्रमुखहरु, ब्यबस्थापन समितिका अध्यक्षहरु, नगरप्रमुख, कार्यकारी अधिकृत, रोटरी क्लब अफ बर्दियाका प्रेसिडेन्ट एलेक्ट सुद्धाशुप्रकाश शर्मा, जेसीज नेपालगन्जका अध्यक्ष रेशमलाल चापागाईं, जेसी आशिष आनन्द, समाजसेवी अबिनाश पन्थी, सागर अधिकारीलगायतको सहयोग हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो ।