पितृ पूजा गर्न धारापानी जाऔं

  •   
  •  

गुरुप्रसाद शर्मा रेग्मी

प्रारम्भिक अवस्थादेखि लामो समयसम्मको इतिहासको किम्बदन्ती बाहेक अरु कुनै दस्ताबेज प्राप्त हुनसकेको छैन । तर, जब शिवको अस्त्रको रुपमा रहेको विश्वको सबैभन्दा अग्लो त्रिशुल स्थापना गरियो, एक सय आठ शिवलिङ्ग, एक सय आठ तुलसी मैरा, एक सय आठ गोमुखी जलधारा, एकसय आठ वरपिपल समी, रुद्राक्षका वृक्ष निर्माण गरेको क्षेत्र नेपालमा रहेका प्रशिद्ध ऐतिहासिक धार्मिक स्थलको समिश्रण भएको तीर्थ स्थल बन्न गएको छ ।

भक्तहरुलई स्वर्गधामको अनुभूति गराउने यो तीर्थ स्थल बन्न गएको छ । यहाँ गएर पाण्डवेश्वर महादेवको दर्शन गर्दा या पितृ पूजा गर्दा पशुपतिनाथ गोकर्ण, उत्तर गया, मुक्तिनाथ, जनकपुर, देवघाटजस्ता सबै तीर्थ स्थलमा गएर देव पूजा, पितृ पूजा गरेको फल मिल्दछ ।

मानिसलाई देवऋण, पितृ ऋण, मातृ ऋण, ऋषि ऋणबाट मुक्त हुन पितृ पूजा गर्नै पर्दछ । हाम्रा गोत्रहरु ऋषिहरुका नामबाट रहेका हुन्छन् । उनको पूजा गर्दछौा । रामकृष्ण बुद्धलाई पनि देवता मानेर पूजा अर्चना गर्दछौँ । यसले के सिद्ध हुन्छ भने पितृहरु नै देवता हुन् । भनिन्छ पितृहरु खुसी नभएसम्म देवताहरु खुशी हुन सक्दैनन् ।

त्यसकारण पाण्डवेश्वर महादेव मन्दिरमा आएर ॐ नमः शिावय पञ्चाक्षर मत्रले जसले ज्योतिर्लिङ्गमा बेलपत्र चढाएर पूजा अर्चना गर्दछ उसले मनमा चिताएको सबै कुरा हुन्छ । यस मन्दिर परिसरमा निर्माण भएको सबै गोत्रका पितृहरुलाई सन्तुष्ट परि आशीर्वाद लिन गरिएको श्राद्धदी कर्यको लागि शिवभक्त उर्मिलादेवी र छोरा प्रभात घिमिरेले निर्माण गरी पाण्डवेश्वर महादेवका चरणमा अर्पण गर्नुभएको विषु पादुका जो सुविधासम्पन्न र आकर्षक छ त्यसैमा आएर श्राद्ध गर्नु किन उपयुक्त हुन्छ भने, पाण्डवेश्वर महादेव ब्रतकथामा उल्लेख के भएको छ भने यो ज्योतिर्लिङ्ग विश्वमा नै चर्चित हुनेछ ।

जसले यहाँ आएर बेलपत्र १०८ चढाएर ॐ नमः शिवाय पञ्चाक्षरले पुज्य गर्ने छ उसले चिताएको सबै कुरा पुग्ने छ । जसले यहाँ आई आफ्ना पितृहरुको श्राद्ध गर्ने छन्, दैविक पितृ यज्ञ गर्ने छन् ती पितृहरुको शिवलोकमा बास हुने छ भनेको आकासवाणी सुनेपछि सुदेहा ब्राह्मर्षिले ज्योतिर्लिङ्गको पूजा अर्चना गरी घर फर्केकी थिइन् । वास्तवमा शिवले सुहेदाको तपस्याबाट प्रशन्न भएर दिएको ज्योतिर्लिङ्ग नै पाण्डवेश्वर महादेव भएको कुरामा कुनै शंका छैन । स्वर्गद्वारी महाप्रभुले दाङमा ज्योतिर्लिङ्ग छ भनेर भन्ने यिनै पाण्डवेश्वर महादेवलाई हो ।

ऋगवेदको दश मण्डलका अन्तिम शुकहरुमा पितृशुकको उल्लेख ऋषि शंख मायायले गरिदिएका छन् । यसमा सम्पूर्ण लोकमा रहेका पितृहरुलाई आह्वान गरी कसरी सबै पितृहरुलाई सन्तुष्ट पर्न सकिन्छ भन्ने विधि विधान समेत उल्लेख गरिदिएका छन् । सबै पितृहरुको एउटै गति हुँदैन । स्वर्ग नरक वैकुण्ठलोक, शिवलोक, पाताल, वनजंगल, घाँसपात, पशुपक्षी, कीटपतंग, जलाशय कहीँ पनि उनको बास हुनसक्दछ ।

यस्तो अवस्थामा हामीले गरेको पितृ पूजाको फल नपाएर आत्मतुष्ट या अतृप्त पनि भएर बस्नुपरेको हुनसक्दछ । यिनै अतृप्त पितृहरुको असन्तुष्टिले गर्दा देवताहरु पनि असन्तुष्ट हुन्छन् र सन्तानलाई दुःख, कष्ट दिने गर्दछन् । यतिबेलाको अवस्था र व्यवस्थाले के संकेत गरिरहेको छ ? अरुको लहलहैमा लागेर या प्रलोभनमा परेर या धर्म परिवर्तन गरेर आएको आयातीत धार्मिक विचारले गर्दा इष्ट देवता, कूलदेवता, ग्राम देवता, पितृदेवताहरु सबैलाई नै अतृप्त भएर बस्नुपरेको छ ।

पितृहरुको यही असन्तुष्टिले नेपाली जनतालाई दरिद्रता, अशान्ति, दैवीय प्रकोप, महामारी, अपराध, भ्रष्टाचार, हिंसा, दुव्र्यसनजस्ता घातक विकृतिहरुको शिकार बन्नुपरेको छ । यिनै घातक विकृतिहरुबाट नेपालीलाई बचाउन धारापानी पाण्डवेश्वर महादेव मन्दिरको परिसरमा निर्माण भएको विष्णु पादुकामा पिण्ड दान गरेर पितृको आशीर्वाद पाएर परिवारको कल्याण गर्नु पर्दछ ।

पितृहरुलाई सन्तुष्ट पार्न गरिने जो श्राद्धदी कार्य हुन्छ तयसमा मन्त्र शुद्ध हुनुपर्छ । श्राद्ध गराउने ब्राह्मण शुद्ध हुनुपर्छ, श्राद्ध गर्ने सन्तान शुद्ध हुनुपर्छ । यी शुद्ध भएनन् भने श्राद्ध गर्नुको कुनै अर्थ हुँदैन । यिनले गरेको गराएको पिण्ड दान पितृले पाउन सक्दैनन् । यसको फल न पितृले पाउन सक्दछ न त पितृकार्य गर्छु भन्ने सन्तानको लाग नै उपयोगी हुन्छ । जीवित हुन या मृत बाबुआमा देवता नै हुन् ।

जीवित रहँदासम्म अनास्था, उपेक्षा, अपहेलना गर्ने गरेपछि तामझामका साथ श्राद्ध गरेर आफ्नो सम्पन्नता प्रदर्शन गराउने कस्तो श्राद्ध हो ? पिण्ड दान गर्दा जुरो भएको गाई जसले आफ्नो जुरोबाट सूर्यको किरण खिचेर आफ्नो दूध, गवँत, गोबरलाई औषधी बनाएकी हुन्छिन् । तिनै गाईको दूध उपयोग गर्नु पर्दछ । अन्य गाईको दूध र भैँसीको दूधमा कुनै अन्तर हुँदैन । एउटा प्रशंग उल्लेख गर्नु सान्दर्भिक हुने छ । ब्रह्मा विष्णु महेश्वरकी आमा माता दुर्गाले ब्रह्मालाई तिम्रो बाबुसँग भेट गरेर आउ भनिन् ।

उनी बाबु खोज्न हिडे तर फेला पार्न सकेनन् । बाबुसँग भेट भयो भनेर झुठ बोल्ने निश्य गरे । गायत्री मातालाई र केतकीको फूललाई साक्षी बनाएर दुर्गा सामू आए । उनको झुठ थाहा पाएपछि दुर्गामाताले ब्रह्माजीलाई सराप दिइन् । कुनै लोकमा पनि तिम्रो पूजा नहोस् । यसैगरी साक्षी बसेका गायत्रीलाई तिमी संसारमा गई भएर जन्म लिए र सबैको कल्याण गरे । केतकीलाई तिमी कुनै देवी देवताको पूजा गर्दा वर्जित भए भनेर स्राप दिएकाले गाईमा त्यो अभूतपूर्व शक्ति हुन गएको हो ।

हामीले बुझ्नुपर्ने कुरा के छ भने विश्वका सबै जातजातिका मानिसले आफ्ना पितृको पूजाअर्चना गर्ने गर्दछन् । केवल गर्ने तरिका मात्र अलग–अलग रहेको हुन्छ । पितृ पूजा गर्नुमा शंका गर्नु आफूले आफैमा शंका गर्नु हो । पितृ पूजामा औपचारिकता प्रदर्शन गर्न श्राद्ध गरेर पितृले पाउँछन् भन्ने सोच गर्नु नै मूर्खता हो । मानिसको एक वर्ष पितृको एक दिन हुन्छ । एकोदृष्ट या र्पावण श्राद्धमा धारापानी पाण्डवेश्वर मन्दिरमा आई विष्णु पादुकामा श्राद्ध गर्नु नै सबैभन्दा एत्तम उपाय हो । जहाँनेर विष्णु पादुका बनेको छ त्यसको बगलमा ॐ सागर छ ।

नजिकै घण्टधारामा स्नान गरी श्राद्ध गर्ने अवसर प्राप्त हुन्छ । गयाजी, गोकर्ण, उत्तरगयामा गंगाजी, दक्षिणबाट उत्तर बगेझैँ धारपानीको विष्णु पादुकाको नजिकै रहेको पहाडी नदी दक्षिणबाट उत्तर नै बगेकी छन् । त्यसैमा पिण्ड सेलाउन सकिन्छ । यी सबै कारणले पितृ पूजाको लागि यो स्थान अति उपयुक्त छ । यो बेला पुरोहितको खडेरी परेको छ । एकजनाले १२÷१४ वटा श्राद्धसम्म गराउनु वाध्यता छ ।

त्यसमा चर्को मूलय लिन र पठाउन जानुपर्ने, अवस्थाले गर्दा मानिसलाई पितृ पूजा गर्न पनि एउटा समस्या बन्न गएको छ । यही समाचारको समाधान गर्न शिवभक्त उर्मिलादेवी घिमिरेले विष्णु पादुका निर्माण गरिदिनुभएको हो जस्तो लाग्छ । यो त पिण्ड दानको कुरा भयो अब पितृलाई सन्तुष्ट पार्ने तर्पण आदि कार्य पनि छ । त्यसबारेमा केही उललेख गर्न चाहन्छु ।

देवताहरुलाई पुष्पयुक्त जलले, ऋषिहरुलाई कुशयुक्त जलले, पितृहरुलाई तीलयुक्त जलले तर्पण दिने गर्दछौँ । त्यो जललाई शुद्ध गराउन जुरो भएको गाईको दूध हाल्ने गरेकै हुनु पर्दछ । हामीले दिएको त्यो तर्पणको अंश पितृले पाउँछन् भन्ने आशा पनि गरेका हुन्छौँ । तर त्यसका आधारभूत कुराहरु वैज्ञानिक कुराहरुको उपेक्षा गर्ने गर्दछौँ ।

हाम्रा पितृहरु ८४ जुनीमा छन् या स्वर्ग बैकुण्ठ शिवलोक कहाँ कुन स्थितिमा छन् ? हामीलाई जानकारी हुँदैन । यस्तो अवस्थामा हामीले जलद्वारा दिइने तर्पण यो पानीमा वरुण र नाग देवताको बास हुन्छ । यी दुवै देवता अधोगामी हुन्छन् । पानी र नागमाथि जान सक्दैनन् । त्यही भएर जल र नागको यो अवस्थाले गर्दा जलद्वारा दिइने तर्पणमा तल्लो लोक र वायुमण्डलमा रहेका पितृहरुको मात्र अंश पाउँदछन् ।

अन्यत्र रहेका पितृहरुले पाउन सक्दैनन् । अन्यत्र रहेका पितृहरुले आफ्ना सन्तानले दिएको तर्पणको अंश नपाउँदा अतृप्त र असन्तुष्ट भएर बस्नुपरेको हुन्छ । यिनै पितृहरुको असन्तुष्टिले गर्दा देवताहरु पनि असन्तुष्ट हुन्छन् र आफ्ना सन्तानलाई दुःख, कष्ट दिने गर्दछन् ।

पितृहरु जहाँ जो अवस्थामा भए पनि आफ्ना सन्तानले दिएको तर्पणको अंश पाउन सक्दछन् भनेर दैवीयकालमा गरिने पितृ यज्ञ जो ऋगवेदको दशमण्डलको अन्त्यमा उल्लेख भएको पितृ शुकमा उल्लेख गरिएको छ । त्यो कसरी गनेृ पितृहरुले कसरी पाउँछन् भन्ने जो देखाइएको छ । त्यस सम्बन्धमा उल्लेख गर्ने प्रयास गरेको छु ।

अग्नि यज्ञको तर्पणमा स्वयम् अग्नि देवता उपस्थित हुने भएकाले उनले पितृहरु जो जहाँ जुन अवस्थामा भए पनि उनीहरुको प्रिय खाद्यवस्तुको रुपमा पु¥याइदिने गर्दछन् । जसले गर्दा न पितृहरु अतृप्त भएर कष्ट उठाउनु पर्दछ न पितृले आफ्ना सन्तानलाई कष्ट र दुःख दिनु पर्दछ । यस्तो कसरी हुन्छ भन्ने जिज्ञासा उठ्न सक्दछ । अग्नि, उध्र्वगामी मात्र हुँदैनन् धरातलीय प्रज्ज्वलनले गर्दा उनी जहाँ पनि जान सक्दछन् । जल तर्पणमा जस्तो सीमा तोकिएको हुँदैन ।

यो कसरी सम्पन्न गर्ने सम्बन्धमा पितृ शुकमा उललेख भएझौ उल्लेख गरिएको छ । यज्ञ कुण्ड निर्माण गर्ने र विधि सम्मन अग्नि स्थापना गर्ने । मन्त्रद्वारा आफ्ना पितृहरुलाई आह्वान् गर्ने, अनि जौँ, तील, घ्यू, वनौसधि, पिपल, बेल, अशोक, समी, खयर, सल्लो, डुम्रीका सेकका पातहरु या सानासाना समिधाका टुक्राको मिश्रणबाट बनाएको चरुबाट आफ्ना पितृहरुको गोत्र नाता, नाम, स्वरुप, एललेख गरेर त्यस अग्निकुण्डमा स्वाह, स्वाह स्वाह भन्दै होम गर्ने हो भने सबै गोत्रका पितृहरुले सहज रुपमा अंश पाउन सक्दछन् ।

कसैलाई पनि जुनकुनै अवस्था भए पनि अतृप्त हुनु पर्दैन । त्यसैले पितृहरुको लागि जल तर्पणभन्दा अग्नि तर्पण नै बढी उपयोगी र लाभकारी हुने गर्दछ । यो विधि जल तर्पणभन्दा कठिन भएकोले त्यसलाई छाड्न जल तर्पणमा लागेको हो जस्तो लाग्छ । यही अग्नि तर्पण दिने सहज वातावरण सिर्जना गरेर सबै गोत्रका पितृहरुलाई अतृप्त हुनु नपरोस् भनेर शिवभक्त घोराही निवासी किशोरचन्द्र गौतमले सुविधायुक्त यज्ञकुण्ड निर्माण गरिदिनुभएको छ ।

त्यस यज्ञकुण्डमा गएर समितिले तोकेको शुल्क दिएर आफै वा ब्राह्मणद्वारा अग्नि तर्पण गराउन सकिन्छ । यो यज्ञ कुण्डमा वैदिकमन्त्रद्वारा पितृहरुलाई आह्वान गर्ने र अग्नि तर्पण दिने भएकाले शंका गर्ने कुनै ठाउँ हुँदैन । यस सम्बन्धमा यो के हो ? तपाईंहरु किन वैदिक बाटो हिड्नुभएन भनेर संस्कृत विश्वविद्यालयका प्राध्यापकसँग कुरा गरेको थिएँ । तर उहाँले परम्परादेखि चल्दै आएको कुरामा प्रश्न उठाउनु हुँदैन ।

त्सपछि मैले अर्को प्रशन गरे श्राद्ध विरालो बाँधेर गर्नुपर्छ भन्ने परम्पराको वास्तविकताझैँ यसको वास्तविकता हुन गएको त होयन भन्दा उहाँ बोलन सक्नुभएन । यसले एउटा के कुरा सिद्ध हुन्छ भने हाम्रा परम्पराका मान्यताहरु सबै उपयोगी छन् भनेर किटान गर्न सकिँदैन ।

यी सबै कुराको अध्ययनबाट पितृहरुलाई सन्तुष्ट पार्न धारापानी जाऔँ, विष्णु पादुकामा श्राद्ध गरेर पिण्ड उत्तरवाहिनीनदीमा बगाऔँ र यज्ञकुण्डमा अग्नि तर्पण गरौँ, इष्टदेवता, कूलदेवता, पितृदेवता, ग्रामदेवतालाई सन्तुष्ट पार्ने सहज र सरल उपाय नै धारापानी मन्दिरले गराइदिएको छ । यसको शरण गरौँ ।