नेपाल बाल संघसंगठनमा पदाधिकारी मनोनयन

  •   
  •  

दाङ,२८ असार । नेपाल बाल संघसंगठन दाङमा पदाधिकारी मनोनयन गरिएको छ । गएको फागुन २६ गते भएको जिल्ला सभाको अधिबेशनले सभापतिमा विनोद केसी र सदस्यहरुमा विकास चौधरी, सुशीला शर्मा, भारती गौतम, भिमबहादुर बस्नेत, बिन्तिराम चौधरी, हुम्कान्त कंडेल र हरिनारायण चौधरीलाई निर्वाचित गरेको थियो ।

त्यसै अधिबेशनपछी संघसंगठनको बिधान अनुसार सभापतिले उपसभापति–१ सचिव–१ कोषाध्यक्ष–१ र सदस्य–२ जना मनोनयन गर्ने व्यवस्था अनुसार उपसभापतिमा भिमबहादुर बस्नेत,सचिवमा विकास चौधरी, कोषाध्यक्षमआ सुशीला शर्मा र सदस्यहरुमा गोपाल नेपाली र अभिषेक बुढामगरलाई सभापति विनोद केसीले मनोनयन गरेका छन्।नेपाल बाल संघसंगठन दाङको सोमवार घोराहीमा बसेको बैठकमा मनोनयन गरेको बारेमा सभापति केसीले जानकारी गराएका थिए ।

बैठकले बाल संघसंगठनको नाममा रहेको भौतिक र नगत सम्पत्ति हस्तान्तरण गर्न पुरानो कार्यसमितिलाई अनुरोध गर्ने र बैंक खाता परिवर्तन गर्ने, नियमित बैठक प्रत्यक महिनाको १० गते बस्ने, संघसंगठनको भौतिक तथा नगत सम्पत्ति खोज्नको लागि सबै सरोकारवालाहरुसङ समन्वय गर्न सभापति विनोद केसी र सचिब विकास चौधरीलाई जिम्मा दिने निर्णय गरेको छ । सभापति विनोद केसीको अध्यक्षतामा बसेको बैठकको सहजीकरण सचिव विकास चौधरीले गरेका थिए ।