प्राकृतिक स्रोत साधनको चोरी रोक्न कडाइ

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, २८ असार । जिल्ला अनुुगमन समन्वय समितिको बैठक आइतवा सम्पन्न भएको छ । बैठकले अनुुगमन समितिले चालुुु आव २०७७÷०७८ मा सम्पन्न गरेको कामको समीक्षा गर्दै आगामी दिनमा नदीजन्य पदार्थको चोरी निकासी रोक्ने निर्णय गरेकोे छ ।

‘नदीजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रण गर्न कडाइका साथ अनुुगमन गर्ने निर्णय भएको छ’ अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने । बैठकमा जिल्लाका सडकहरुमा देखिएको समस्या समधान खोज्ने सहमति समेत भएको छ । ‘जिल्लाका धेरै सडकहरुमा सवारी आवागनमा समस्या छ, त्यसको लागि तत्काल मर्मत गरेर जाने सहमति भएको छ’–उनले भने ।

यसैगरेर जिल्लाका क्रसर तथा वासिङ उद्योगहरुको मापदण्ड सम्बन्धमा जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने बैठकले निर्णय गरेको छ । अनुुगमन समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, नापी कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुुसन्धान जिल्ला कार्यालय, आन्तरिक राजश्व कार्यालय र सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख तथा प्रतिनिधि छन् ।

बैठक अनुुगमन समन्वय समितिका प्रमुुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा पालिकाका प्रमुख तथा प्रतिनिधि, जिल्लाका सुरक्षा निकायमा प्रमुख तथा प्रतिनिधि, वन डिभिजन कार्यालयका प्रमुख, आन्तरिक राजश्व कार्यालयको प्रमुखको सहभागिता थियो । बैठकको सहजीकरण जिल्ला अनुगमन समन्वय समितिको सदस्य सचिव सावित्रा पुन थापाले गरेकी थिइन् ।