दाङ,१७ असार । दाङका पाँच वद्यार्थी संगठनले तत्काल शिक्षक विद्यार्थीलाई कोरोना खोपको ब्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एमाले निकट खनाल–नेपाल समूह निकट अनेरास्वीयू, संघीय समाजवादी पार्टी बाबुराम–उपेन्द्र निकट विद्यार्थी संगठन र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौको विहिवार घोराहीमा बसेको बैठकले तत्काल विद्यार्थी र शिक्षकहरुका लागि कोरोना खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमामामा शिक्षक र विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोना बिरुद्धको खोपको ब्यबस्था गरि शैक्षिक संस्थाहरु संचालनको वातावरण तयार गर्न समेत माग गरेका छन । साथै बैकल्पिक माध्यमबाट अध्यापनका लागि शिक्षक र विद्यार्थीलाई आवस्यक सामग्रीको ब्यबस्थापन गर्न जोडदर माग गरेका छन् ।
त्यसैगरी हाल केही शैक्षिक संस्थाहरुले एसईईको रिजल्ट न आउदै कक्षा ११ मा भर्ना खोलेर अबिभाबकको ढाड सेक्ने काम गरेको भन्दै यो कदम तत्काल सच्याउन सम्पुर्ण शैक्षिक संस्थालाई अनुरोध समेत बैठकले गरेको नेपाल विद्यार्थी संघका नेता कुलराज पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार बैठकले पढाइ नभएको समयमा धेरै शैक्षिक संस्थाहरुले शुल्क असुल गरेको पाइएको भन्दै निषेधाज्ञा अबधिको शुल्क तत्काल छुट गर्न समेत सवै विद्यालयहरुलाई आग्रह गरिएको छ ।
बैठकमा नेपाल विद्यार्थी संघका कुलराज पोख्रेल, अखिल क्रान्तिकारीका जिल्ला सदस्य तथा क्षेत्र नं. २ का इन्चार्ज गिरबहादुर महरा, अनेरास्वीयू दाङका संयोजक रविन डाँगी, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष दिपक पोख्रेल र अखिल छैठौका जिल्ला सचिव लक्ष्मण विकद्धारा हस्ताक्षेरित विज्ञप्तिमा विभिन्न शैक्षिक संस्थाले गरेका चरम बेतिथिको तत्काल अनुगमन , निरीक्षण र आबस्यक कार्बाही गर्नका लागि तदारुकता देखाउन स्थानीय सरकारलाई अनुरोध गरेको छ । लकडाउनको अबधिमा कोठा भाडामा लिई बस्ने बिद्यार्थीहरुलाई सहुलियतका लागि सम्पुर्ण घरबेटी हरुलाई कम्तिमा उक्त अबधिको कोठा भाडा छुट गरिदिन समेत संयुक्त बैठकले आग्रह गरेको उनले बताए ।
बैठकले घोराही–तुल्सिपुर सडक खण्डमा सडक निर्माणमा ब्यापक लापरबाहीका कारण दैनिक हजारौं जनताहरुलाई समस्या भैरहेको भन्दै वर्षाको समयमा खोलाले आवत–जावतमा समस्या भएकाले समस्या समाधानका लागि सम्वन्धीत निकायलाई पहल गर्न आग्रह गरिएको छ । साथै उक्त निर्माण कार्य अलपत्र पारी जनतालाई बर्सेनि दुख दिने ठेकादार तथा निर्माण कम्पनिलाई तत्काल कार्बाही गर्न समेत माग गरेको छ ।