रोगमुक्त समाज बनाउन सबै जुटौँ

सुशील बस्नेत

समयमै मानसिक समस्या मानिसका लागि ठूलो समस्या हुन सक्छ । अप्रत्यासित तथा अस्वाभाविक रुपमा कुनै पनि चिज गुमाउनु पर्दा, आफुले चाहेको नपाउँदा, डर–त्रास र भयले पनि मानिसमा चिन्ता (सुर्ता) बढ्ने गर्दछ । चिन्तै चिन्ताले उहाँलाई कमजोर बनाइसकेको छ भन्ने शब्द हाम्रो लागि नयाँ पनि होइन । बिभिन्न प्रकोपका कारण धनजन गुमाउँदा पनि यी शब्द सुन्ने गर्दछौ ।

तर यसबाट ती ब्यक्ति, परिवार र समुदायलाई मानसिकरुपमा कस्तो प्रभाब पारिरहेको छ भन्ने बारेमा बेलैमा ध्यान दिन नसकेमा कुनै पनि अप्रिय घटना भएको कयौ उदाहरणहरु छन् । गतबर्षदेखि फैलिएको कोरोना भाइरस संक्रमणको महामारीका कारण महत्वपूर्ण केही कुरा सिकाई भएको छ । नेपालीले भोग्दै आएका बिपत्त, संक्रमण रोग, भूकम्प, आगलागी, बाढी–पहिरो, डुवान, चट्याङ, हुरिबतासलगायत कयौँ अफ्ठ्यारा अबस्थासँग सामाना गर्नु परिरहेको छ । बिपद् र महामारीको सामना गर्न राष्ट्रियस्तर तथा जिल्ला तहमा संयन्त्र बनाएको छ । ती परिचालन हुने गरेका छन् । समुदायका केही निश्चित संयन्त्रको परिचालन गर्ने परम्परा छ । बिपद्, महामारीलाई सामना गर्ने, रोकथाम, नियन्त्रण, उपचार र बच्नलाई पर्याप्त नहुने कोभिड–१९ भाइरस संक्रमणको महामारीले सिकाएको छ ।
तयारी अबस्थामा राज्यका संयन्त्र

महामारीलाई पराजित गर्न एक्लै गर्न सकिँदैन भन्ने नै सिकाई भएको हो । सरकारका संयन्त्रहरु रातदिन खटिएकै हुन्छन् । जिम्मेवारी पाएका ती संयन्त्रमार्फत खटेका हेरकलाई सम्मान गर्न कञ्जुस्याइँ गर्नु हुँदैन् । तर समुदायलाई पनि परिचालन गर्न सकियो भने संकटलाई परास्त गर्न निकै सहज हुने सिकाई भएको हो । यो भन्दै गर्दा समुदायलाई परिचालन गर्ने नौलो भन्ने होइन । समुदायलाई परिचालन गर्दा केही ब्यबस्थित र प्रणालीगत गर्नुपर्ने हुन्छ । कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या पहिलोभन्दा दोस्रो लहरमा बढी देखियो । अझै तेस्रो लहरको संकेत देखिन थालेको छ । कोरोना मात्र होइन अझै कयौं बिपद्को सामना गर्नुपर्ने हुन्छ । त्यसका लागि राज्यका संयन्त्रलाई कुनैपनि बेला परिचालन गर्न सक्ने गरी चुस्त–दुरुस्त रुपमा तयारी अबस्थामा राख्नुपर्ने हुन्छ ।

सिकाईका केही अंश

सिकाईका केही अंश मात्र बिस्तार गर्न मन लागेको छ । कोरोना भाइरस संक्रमणभन्दा त्यसको भय र त्रासका कारण मानसिक स्वास्थ्यमा झनै जटिल समस्या आउने भएकाले मनोवल उच्च राख्न मनोपरामर्श समूहले तुलसीपुरमा मनो शिक्षा, मनोपरामर्श र मनोबिमर्श सञ्चालन गरेको छ । तुलसीपुर उपमहानगपालिकाकाले गत बैशाखमा मनोपरार्श समूह गठन गरेको थियो ।

मनोपरामर्श समूह गठन गरियो तर परिचालन कसरी गर्ने अन्योलका बीच तालिम प्राप्त सामाजिक मनोबिममर्शकर्ताको खोजी गर्ने, मनोपरामर्श समूहमा आबद्धता गराउने र अन्य पक्षसँग परामर्श लिने, छलफल, भेटघाट र अन्तत्र्रिmया गरिए । तालिम प्राप्त मनोबिमशर्मकर्ताहरुलाई परिचालन गर्ने काम पनि भई नै रहे ।

स्थानीय सरकारले दिएको जिम्मेवारीलाई प्रभाबकारी रुपमा पूरा गर्न हामीलाई अवसर र चुनौती पनि थियो । कोरोना भाइरस संक्रमणको भय र त्रासलाई रोकथाम, नियन्त्रण र उपचारका लागि मनोपरामर्श समूहको समीक्षा बैठक प्रत्येक दिन बेलुकी बस्ने निरन्तरता दिई नै रह्यौ । तालिम प्राप्त मनोबिमर्शकर्तासँग प्रत्येक हप्ताको शुक्रबार बसेर साप्ताहिक योजना बनाउने काम गरिए । अन्यसँग भने निरन्तरता नै दिइयो ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, समुदायका बिभिन्न पक्षसँग पटक–पटक भौतिक तथा भर्चुअल अन्तत्र्रिmया कार्यक्रमहरु भई नै रहे । ती परामर्श, छलफल, अन्तत्र्रिmया र सुझाबबाट टोल विकास संस्था, आमा समूह, स्वास्थ्य स्वयंसेविकालगायतका सञ्जाल (नेटवर्क) बनाएका संघसंस्थाका प्रतिनिधिहरुलाई मनोपरामर्शको आधारभूत ज्ञान उपलब्ध गराउन सकियो भने मात्र पनि मनोसमस्यामुक्त समाज निर्माण हुन सक्ने बिश्लेषण गरिएको छ ।

मनोपरामर्श सेवा समयमै पाउनुपर्छ

कोरोना भाइरस संक्रमणको भय तथा त्रास, बिपद्, हिंसाबाट पीडित ब्यक्ति, परिवार र समुदायलाई मनो परामर्श सेवा आबश्यक पर्छ । यदि समयमै दिन नसके पीडित ब्यक्तिले कुनै पनि अप्रिय निर्णय लिन सक्छ । अप्रिय निर्णय नलिए पनि मानसिक रुपमा रोग हुन सक्छ र उसको जीवन बर्बाद हुन सक्छ । कोरोना भाइरसबाट मानिसहरुको संक्रमित हुने र मृत्यु हुनेको संख्यामा बृद्धि हुँदै जादा त्यसलाई न्यूनीकरण गर्न मनोपरामर्श समूह गठन गरिएको हो । भाइरस संक्रमणपूर्व, संक्रमणको अबस्था, संक्रमणपछि पनि भय र त्रासका कारण मानसिक समस्या बढदै गएका छन् ।

मनोपरामर्श समूहले के ग¥यो ?

मनोपरामर्श समूहमा आबद्ध भइरहदा पनि संक्रमितहरुलाई आत्तिनु हुँदैन, सबै ठीक भैहाल्छ भन्ने फोन मार्फत वा प्रत्यक्ष भेटघाट भनि दिएमात्र पनि केही राहतको महसुस भएको बिश्लेषण गरिएको छ । त्यस किसिमको मनोशिक्षा वा मनोपरामर्श समूहको आबश्यकता महसुस गरी तुलसीपुर उपमहानगरपालिकाले आह्वान गरेको सर्बदलीय सर्वपक्षीय भेलाबाट मनोपरामर्श समूह गठन गर्ने सुझाब प्राप्त भएको थियो ।

मनोपरामर्श समूह गठन

मनोपरामर्श समूह गठन गरी सेवा प्रदान गर्न नगरप्रमुख घनश्याम पाण्डेले २०७८ बैशाख २९ गतेको सर्वपक्षीय बैठकबाट आग्रह गर्नुभयो । सुशील बस्नेतजीको नेतृत्वमा एउटा टिम बनाई अगाठि बढ्न आग्रह गर्दछु भन्ने नगर प्रमुख पाण्डेको आग्रह अनुरुप ७ सदस्य मनोपरामर्श समूह गठन गरियो । तत्काल त्यसको कार्यबिधि समेत बनायौँ । कार्यबिधिले ३ वटा संरचना निर्माण गर्ने र सोहीअनुसार मनोपरामर्श सेवालाई स्वयंसेवी रुपमा सेवा प्रदान गर्ने बनायो ।

मनोपरामर्श सेवा वडा–वडा र टोल–टोलबाट सेवा दिने उद्देश्यले वडा अध्यक्ष, सदस्य, वडा कार्यालयका सचिब र कर्मचारीलाई त्यहाँको अबस्थाको जानकारको रुपमा बिज्ञ, स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीलाई त्यहाका नागरिकहरुको स्वास्थ्यसम्बन्धी जानकारी राख्ने भएकाले बिज्ञको रुपमा उक्त कार्यबिधिमा परिभाषित गरिएको छ । सबैभन्दा महत्वपूर्ण भूमिका खेल्न भन्ने जनशक्ति मनोबिमर्शकर्ता नै हो । सामान्यता मनोबिमर्शकर्ता बन्नका लागि ६ महिना र ५१० घण्टा तालिम लिएको हुनुपर्ने हुन्छ ।

तुलसीपुर उपमहानगरपालिका यो जनशक्तिको कुनै पनि अध्याबधिक गरिएको थिएन । मनोपरामर्श समूहका लागि भने यो नै सबैभन्दा महत्वपूर्ण जनशक्तिको खाँचो थियो । एक महिनाको अबधिमा ७ जना तालिम प्राप्त मनोबिमर्शकर्ता र एकजना यससम्बन्धी जानकार स्वास्थ्यकर्मी गरी ८ जनालाई अध्याबधिक गर्न सफल भयौँ ।

कोभिड महामारीका बखत तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एकजना स्वास्थ्यकर्मी तर तालिम प्राप्त मनोबिमर्शकर्ता र अर्का स्वास्थ्यकर्मी तर तालिम प्राप्त नगरेको भए पनि मनोपरामर्श दिन सक्षम जनशक्तिलाई परिचालन गरेको अबस्था थियो । तर अहिले ८ जनाको सख्या यो जनशक्तिलाई तुलसीपुर उपमहानगरपालिकाले परिचालन गर्न सफल भएको छ ।

सूचना तथा प्रबिधि परिचालन

बिपद्, महामारी वा अन्य कुनै पनि अबस्थामा सूचना तथा प्रबिधिको भूमिका उच्च हुने भएकाले सूचना तथा प्रबिधिका मनोपरामर्श समूहले अधिक सहयोग लिने कार्यबिधिमा ब्यबस्था गरिएको छ । सकारात्मक सामग्रीलाई प्राथमिकता दिने गरी मिडिया परिचालनको कार्य पनि गरिँदै आएको छ । मिडियाले पूर्णरुपमा सहयोग गर्दै आए । जसले गर्दा अनलाइन, रेडियो, टिभी, फेसबुकमा कोरोनालाई पराजित गर्न सकिन्छ भन्ने सन्र्दभका सकारात्मक सामग्रीका प्रकाशन तथा प्रशारण गरिँदै आएका छन् । अन्तर्बार्ता, कोरोनालाई पराजित गरेका ब्यक्तिका अनुभव, लेख, रचना, कबितालाई प्रस्तुत गरिने गरिएको छ ।

सहयोगी समूहको पहिचान र परिचालन

मनोपरामर्श समूहमा सहयोगी समूहले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । संस्थागत संघसंस्थाले आफू मातहतका संरचनालाई परिचालन गर्ने कामलाई प्रभाबकारी बनाए । ती संघ संस्थालाई समाबेश बनाउनुपर्ने दायित्व र सक्रिय बनाउनु पर्ने थियो । मनोपरामर्श समूहमा आबद्ध भएदेखि ती संघसंस्थाहरुले टोल सम्म बिस्तार रहेका आ आफ्ना नेटवर्कलाई परिचालन गरे र कुन ब्यक्तिको अबस्था कस्तो छ र के आबश्यक छ भन्ने कार्य गरे । यसले पनि कोरोनाबाट ज्यान नै गइहाल्छ कि भन्ने मनो समस्यालाई पराजित गर्न सकेका कयौ उदाहरण रहेका छन् ।

कोरोना संक्रमणको भय र त्रासकै अबस्थामा फोन मार्फत जेष्ठ नागरिकले टोल सम्म बिस्तार गरेको समिति मार्फत आफ्ना जेष्ठ नागरिक सदस्यहरुको अबस्थाको बारेमा प्रत्येक दिन जानकारी लिने,नेपाल शिक्षक महासंघले शिक्षक र परिवारको अबस्था, सामुदायिक वन महासंघले सबै उपभोक्ताको अबस्था, अपांगता भएका ब्यक्तिहरुको अबस्था आफ्नो सञ्जालमार्फत, थारु समुदायमा महतवा÷गुरुवामार्फत अबस्थाको बिश्लेषण गर्ने गरिएको छ । मनोपरामर्श समूहमार्फत ग्रीन फाउण्डेसन, नमुना युवा संसद, संबाद समूह, मानवअधिकार तथा शान्ति समाज, मुस्लिम, पाष्टरजस्ता धर्म गुरुहरुले पनि आ आफ्नो क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

नगरस्तरीय यी समूहमा जेष्ठ नागरिक– नगरस्तरमा जम्मा जेष्ठ नागरिकको संख्या १८०९ जना, १९ वटै वडामा वडास्तरीय जेष्ठ नागरिक समिति परिचलान, अपांगगता–जम्मा संख्या १५५७ जना १९ वडामा परिचालन, स्वस्थ्य स्वयंसेविका २१८ जनाले परामर्श, समन्वय र उच्च मनोवल राख्न सुझाब दिँदै आएका छन् ।

नेपाल शिक्षक महासंघ –नगरमा कुल शिक्षक ८०० जना, ५७० जना शिक्षक र २३० जना बाल विकासका छन् । परिचालन भएका २२२ जना छन् । कोरोना रोकथाम, नियन्त्रण र उपचारको समन्वयका लागि खटिएका छन् । मुस्लिम– ६०० जना मुस्लिमको सख्या छ । ३ वटा मस्जित तुलसीपुरमा छन् भने मौलाना ६ जना छन् । मौलानमार्फत कोभिडबाट बच्ने उपाय र अबस्था बुझ्ने काम भइरहेको छ ।

क्रिष्चियन(पाष्टर)– तुलसीपुर नगरस्तरमा ४० वटा मण्डली छन् पाष्टर र सहयोगी गरी ८० जनाबाट २२०० जनाको अबस्थाका बारेमा जानकारी लिने काम भइरहेको छ । महतवा ÷गुरुवा – गुरुवाको सख्या नगरस्तरमा ४९ जना छन् भने मतहवा १५० जनाको संख्या रहेको छ । थारु समुदायमा गुरुवा र मतहवालाई परिचालन गरिएको छ । वन उपभोक्ता महासंघ– नगरस्तरीय महासंघ ३६ सदस्यीय छ । ८ वटा वन उपभोक्ता रहेका र तिनीहरुको अबस्थाका बारेमा परिचालन गरिएको छ । सहकारी संस्था – नगरस्तरमा १६३ वटा सहकारी छन् । १७९३ जना सदस्य आवद्ध छन् ।

सिद्धेश्वरी महिला सहकारी संस्थामा १२६५ जना रहेका र ती सदस्यलाई १७ जनाले कोरोना रोकथाम,नियन्त्रण र उपचारको परामर्श दिइरहेका छन् । पशुपति सहकारी संस्थमा ६५० जना सदस्यलाई २७ जनाबाट परिचालन गरिएको छ । दलित समुदाय–२८ जनामा कोभिड भएको मध्ये ७ जनाको मृत्यु बाँकी १२ जना निको भएका छन् । दलित महिलाहरुबाट कोभिड रोकथाम,नियन्त्रण र उपचारको बारेमा परामर्श गरिरहेका छन् । नमुना युवा संसद–कोभिड संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि परिचालन गरिएको छ । आहा नेपाल–ग्रीन फाण्डेसन – १० जना युवाहरु कोभिड प्रतिकार्यमा परिचालन भएका छन् । अबस्थाको बिश्लेषण, तथ्यांक संकलन र आवश्यक प्रतिकार्यको काम गरिरहेका छ ।

तुलसीपुर नगर जेसीज–कोरोना संक्रमणको आशंका भएका ब्यक्तिले पीसिआर टेष्ट गर्नुपर्छ भन्ने अभियान सञ्चालन गर्दै आएको छ । ओरेक नेपाल– २ जना सामाजिक मनोबिमर्शकता परिचालन गरि सहयोग पु¥याउदै आएको छ । साथै ति सामाजिक बिमर्शकर्ताले कोभिड संक्रमित, पोष्ट कोभिड ब्यक्ति र समुदायलाई मनो शिक्षा र परामर्श दिदै आएका छन् ।

बह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय –२८० जना ब्यक्ति जो यस बिश्वबिद्यालयमा आबद्ध भएका छन् उनीहरुलाई साकारात्मक सोचको बिकाशका बिषयमा मनो शिक्षा प्रदान गरिएको छ । मानव अधिकार तथा शान्ति समाज –१५ सदस्यीय कार्यसमिति रहेको शान्ति समाजले ८० बढी सदस्यहरुको अबस्थाको बारेमा जानकारी लिने र कोरोना रोकथाम, नियन्त्रण र उपचारकामा उच्च मनोवल राख्न मनो शिक्षा प्रदान गर्दैआएको छ । तरकारी ब्यबसायी–४५ जना ब्यबसायी छन् ।

समितिले कोभिड बिरुद्धको अबस्थाका बारे परामर्श दिँदै आएको छ । अटो ब्यबसायी –१५० जना ब्यबसायी छन् । ब्यबसायीहरुको अबस्थाको जानकारी लिने र उच्च मनोवल राख्न परामर्श दिईने कार्य भईरहेको छ । रिक्सा ब्यबसायी – ४० जना रिक्सा ब्यबसायी छन् । बसमा अबद्ध यातायात मजदुर– ५०० जना संख्या छन् । समिति मार्फत मनो परामर्श दिने काम भइरहेको छ ।

स्वयंसेवी मनले सेवा

कोरोना महामारीको भय र त्रासका कारण मानसिक रुपमा बिच्छीप्त भएका ब्यक्ति, परिवार र समुदायको मनोवल उच्च राख्ने र मन र शरिरलाई छुट्नि नदिन मनोपरामर्श समूहमा सबैले स्वयमसेवी मनले सक्रिय रुपमा सेवा गर्न लागि राख्यौं । ४१ बर्ष अध्यायपन गराउनुभएका झण्डै ७८ बर्षिय जेष्ठ नागरिक खुमानन्द अधिकारी,दलीत समुदायका निर्मल नेपाली,महिलाको क्षेत्रमा आबद्ध सुष्मा गिरी, सामाजिक क्षेत्रमा क्रियासील टोपबहादुर महतरा र पत्रकार गोपाल शर्मा भट्टराईले यो कार्यमा सक्रिय रुपमा लागि दिनुभयो ।

दक्ष जनशक्ति र नीति समेटिनु उपलब्धि

७ जना सामाजिक मनोबिमर्शकर्ता (तालिम प्राप्त ) र एक जना स्वास्थ्कर्मी यस सम्बन्धी जानकार गरी ८ जना दक्ष जनशक्तिलाई संगठीत भएका छन् । उनीहरुको नाम सम्पर्क नम्वरसमेत टोल बस्तीसम्म पु¥याएको छ । यी दक्ष जनशक्तलाई उपमहानगपालिकाले कुनैपनि बेला सहयोग लिन सक्ने अबस्थामा मनोपरामर्श समूहले गर्न सक्यो त्यो नै एउटा सुखद पक्ष हो ।

तालिम प्राप्त मनोबिमर्शकर्ता एवं स्वास्थ्यकर्मी सिन्धु हमाल र यज्ञ केसी, सामाजिक मनोबिमर्शकर्ताहरु कल्पना चौधरी, नगरबहादुर चौधरी, निर्मला चौधरी, शान्ति चौधरी, जया पाण्डे र साबित्रा ढकालको क्षमता र दक्षताले पनि मनो परामर्श समूहलाई उर्जा दिँदै आएको छ । अव यो जनशक्ति मात्र होईन खेर गइरहेको उर्जाशील यस्तै जनशक्तिको खोजी गरी तुलसीपुर उपमहानगरपालिकामा मात्र होइन दाङ सबै पालिकाले उपयोग गर्नुपर्छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, स्वास्थ्य शाखालगायत तुलसीपुर उपपमहानगरपालिका परिवारले मनोपरामर्श समूहको औचित्य र आवश्यकतालाई निजिकबाट बुझन् सफल भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमको बुँदा नं. १४७ र बिनियोजन बजेट बक्तब्यको बुँदा नम्वर १७ मा मनोसंकट सहयोग केन्द्र लगायतका लागि १० लाख रुपैया बजेट ब्यबस्था गरेको छ । नीति तथा कार्यक्रममा डाक्टर (चिकित्सक) सहितको मनोपराममर्श सेवा सञ्चालन गर्ने गरी बजेटसमेत समाबेश गरिएको छ । अब भने कार्यान्वयनको पर्खाइमा आम नागरिक छन् ।