गुरुकुलमा अव विज्ञान र व्यवस्थापनमा ११ र १२ कक्षा पढाई हुने

दाङ,३१ जेठ । घोराहीको रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को विषय पढाई हुने भएको छ । यही शैक्षिक सत्रदेखि कक्षा संचालन गरिने एकेडेमीले जानकारी दिएको छ ।

एकेडेमीले आईतवार पत्रकार सम्मेलनको आयोजना नयाँ कक्षाको बारेमा जानकारी गराएको हो । एकेडेमीको सहायक प्रधानाध्यापक मुकुन्द गिरीले कक्षा १० उतिर्णपछि आफनै क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान गर्न दुई वटा संकाय थप गरिएको वताए । त्यसको लागि सम्पूर्ण तयारी भईसकेको बताए । ‘दाङको परिवेशमा नयाँ तरिकाले विद्यार्थीहरुलाई पढाउने गरि ११ र १२ कक्षा सञ्चालन गर्दै छौ’–उनले भने–‘विद्यार्थीलाई पढाएर विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने बताउछौ ।’

त्यसैगरी पत्रकार सम्मेलनमा व्यवस्थापन संकायका संयोजक कृष्णदेव थापाले डिजिटल माध्यमबाट पढाई हुने भन्दै त्यसका लागि एकेडेमीले विद्यार्थीहरुलाई ईन्ट्रान्स गराएर भर्ना गर्ने बताए । साथै उनले विद्यार्थीहरुमा सिकाईको उपलव्ध बढाउनका लागि बुकसँगै अनिवार्य ल्यापटपको व्यवस्था कलेजले निशुल्क रुपमा गर्न थालेको समेत बताए ।

‘हामीले कोर्ष अन्तर्गत बुकहरु पढाउँछौ, तर व्यवहारिक रुपमा ल्यापटमै विद्यार्थीहरुलाई सिकाउँछौ’–संयोजक थापाले भने–‘त्यसका लागि विद्यार्थीलाई ल्यापटवको व्यवस्था स्कुलले नै गर्नेछ ।’ उनले कक्षामा एसी,सुरक्षाको सिसी क्यामेरा र सिकाईको माध्यम बढाउनका लागि डिजिटल स्मार्ट बोर्ड प्रत्येक कक्षामा राखिएको जानकारी दिएका छन् ।

त्यसैगरी विद्यार्थीहरुलाई व्यवस्थापन र विज्ञान विषयमा पढन्को लागि ईन्ट्रान्स कक्षाको तयारी पनि गरिएको उनले जानकारी गराए । त्यस कक्षामा विद्यार्थीहरुलाई कम्प्यूटरमा प्रस्ताव लेखन, पावरप्वाईन्ट मार्फत प्रस्तुती, सामान्य टाईपिङ लगाएतका ज्ञानहरु सिकाईने उनले जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा एकेडेमीका शैक्षिक निर्देशक योगेश कुमार गोइतले विद्यार्थीहरुलाई पुस्तकको मात्र नभई व्यवहारिक ज्ञान प्रदान गरिने उनले वताए । आद्युनिक प्रविधिसंग खेल्न सक्ने विद्यार्थीहरुको लागि ऐकेडेमी उपयुक्त भएको वताए ।

गुरुकुल एकेडेमीको प्लस टुका संयोजक निमानन्द गैरैको अध्यक्षता एंव प्रेस काउनशिलका अध्यक्ष शरद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केस, सल्लाहार लक्ष्मी आचार्यलगायतले सफलताको सुभकामना दिएका थिए । एकेडेमीमा भर्ना हुने विद्यार्थीहरुको लागि विभिन्न छुटहरु समेत रहेको छ ।

विज्ञान संकायका संयोजक अजय शाहको स्वागत मन्तवयवाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण एकेडेमीका शिक्षक विवेक देवकोटाले गरेका थिए । २०७२ सालमा स्थापना भएको गुरुकुल पश्चिम नेपालकै उत्कृष्ठ शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको छ ।