दाङ, ३१ जेठ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी र आइसियू सेवा सूचारु गर्ने भएको छ ।
कोभिड– १९ को महामारी तथा तीब्र संक्रमणका कारण आइसियू र ओपिडी सेवा रोकेको प्रतिष्ठानले पुनः सेवा सुरु गर्न थालेको जानकारी दिएको हो । प्रतिष्ठानले गत बैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो ।

पछिल्लो समय कोरोना संक्रमनको दर घट्दै गएको तथा सर्वसाधारण बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरु सुरु गर्न लागिएको प्रतिष्ठान प्रशासनले जाकारी दिएको छ । प्रतिष्ठानले आइसियू सेवा समेत सुरु गर्ने र जटिल प्रकृतिका रोगका बिरामीहरुको समेत उपचार सुरु हुने जानकारी दिएको छ ।
तर, प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, जेष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी आउन आग्रह पनि गरेको छ ।