Goraksha

National Daily

लमही नगरपालिकामा भएको कर्मचारी विवादप्रति कांग्रेसको ध्यानाकर्षण

शिवराज खनाल

दाङ,११ फागुन । नेपाली काग्रेस लमही नगर समितिले लमही नगरपालिकामा भएको कर्मचारी सरुवा तथा बर्खास्तीको घट्नाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस लमही नगर समितिका सभापती शिवप्रसाद चौधरीले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै लमही नगरपालिकामा जिम्मेवार व्यक्तिबाटै भएको गल्तीलाई ढाकछोप गर्ने गरि कर्मचारीहरुलाई दोषी देखाउने काम भएको बताएका छन ।

नगरपालिकाको काममा जिम्मेवार पक्षले ध्यान नदिदा नै तुर्टि भएको भन्दै अहिले उक्त घट्नालाई समाधान गरि जनतालाई सहज रुपमा सेवा प्रदान गर्न समेत आग्रह गरिएको छ । नगरपालिका प्रमुख प्रशासकिृत अधिकृतबाट आफ्नै कर्मचारीको मनोबल घटाउने, हतोत्साही गराउने, अपमान जनक व्यबहार गर्ने, बिना कारण सरुवा गर्ने, धम्की दिने जस्ता क्रियाकलाप गरेकाले उनको सुरुवा गर्न समेत माग गरेको छ ।

कार्यकारीको सरुवाका लागी लमही नगर अन्तर्गतका ४५ जना जन प्रतीनिधिहरुले फागुन ६ गते गरेको निर्णयको समर्थन गर्दै नगरसमितिले पनि कार्यकारी गेहेन्द्र डाँगीको यथासिघ्र सरुवा गराउन माग गरेको छ ।

त्यस्तै साविक स्थानीइ तह निकाय अस्थाई÷करार तथा ज्यालादारी कर्मचारीहकहित प्रवद्र्धन समितिले पनि घट्नाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले कुनैपनि बहानामा कर्मचारी सरुवा गर्ने, राजिनामा दिनका लागि दवाव दिने,सेवाबाट बरखास्त गर्ने जस्ता कार्य रोकियोस् यदी त्यसो भएमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्वेवार नगरपालिका स्वयम् हुने अध्यक्ष सुशीला शाह र सचिब
किरण पोख्रेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।