Goraksha

National Daily

नियम बिपरित कर्मचारी सरुवा गर्न खोजेपछि लमहीमा समस्या

शिवराज खनाल
देउखुरी,११ फागुन । नियम विपरित कर्मचारी सरुवा गर्न खोजेपछि लमही नगरपालिकामा विवाद बढेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले नियम विपरित कर्मचारीको सरुवा र बर्खास्त गर्न खोजेपछि कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृतको विरुद्धमा आन्दोलन थालेपछि लमहीमा विवाद चुलिएको हो ।

कर्मचारीको विवादका कारण सेवाग्राही समेत समस्यामा परेका छन । कर्मचारीले नियम कुल्चेर आफुखुसी निर्णय गरेको भन्दै प्रमुख प्रशासकिय अधिकृतले लमही नगरमा कार्यरत ३ जना कर्मचारीलाई सजाय स्वरुप सरुवा र बर्खास्त गर्ने निर्णय गरेका थिए । उनले नगरमा कार्यरत कर्मचारीलाई जवरजस्ती सरुवा पत्र लिन बाध्य पारेको कर्मचारीहरुले कर्मचारी पुष्पराज अधिकारीले बताएका छन । उनीहरुले एक प्रेस विज्ञप्ति प्रकाशित गरि प्रमुख प्रशासकिृत अधिकृत विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

यहि फागुनको ५ गते अधिकृत स्तर नवौँ तहका रबिन्द्र क्षत्री, सातौँ तहका लेखा अधिकृत गौरब कुमार लामिछाने र पाँचौ तहका पुष्पराज अधिकारीलाई प्रमुख प्रशासकिय अधिकृत डाँगीले जवरजस्ती सरुवा पत्र लिन बाध्य पारेको आरोप छ । उनीहरुले प्रमुख प्रशासकिय अधिकृत डाँगीले नियमित विपरित काम गरेका र तल्लो स्तरका कर्मचारीहरुप्रति अमानविय एव तानाशाही शैलीको व्यवहार गरेको भन्दै उक्त कार्यको भत्सर्ना समेत गरेका छन ।

डाँगी लमही नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा आएदेखि हालसम्म १९ जना कर्मचारीलाई जागिरबाट हटाएका छन । प्रमुख प्रशासकिय अधिकृतले मनोमानी ढंगले अघि बढेको र प्रशासनिक कर्मचारीलाई प्राबिधिक तथा प्राबिधिक कर्मचारीलाई प्रशासनिक क्षेत्रमा लगाएको उनीहरुले बताए ।

उनीहरुले प्रशासकिय अधिकृतको ज्यादती फिर्ता नभए फागुन ११ गते आईतबारदेखि चरमबद्ध रुपममा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।
प्रमुख प्रशासकिृत अधिकृत समस्यामा लमही नगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आफु खुशी कर्मचारीलाई कारवाही गर्न खोजेपछि लमहीमा विवाद चुलिएको छ । जसमा लमहीका नगरका ८ जना वडाध्यक्षहरुले कर्मचारीलाई साथ दिएपछि प्रमुख प्रशासकिृत अधिकृत समस्यामा परेका छन ।

प्रमुख प्रशासकृत अधिकृतले नगरको काम लथालिँग पारेको, आफुखुसी कर्मचारी राख्ने र हटाउने गरेको, कारण बिना कर्मचारीको हाजिरी नै हटाईदिने लगायत काम गरेको भन्दै कर्मचारीको आन्दोलनमा जनप्रतिनिधिहरुले समेत साथ दिएका छन । उनीहरुले प्रमुख प्रशासकिृत अधिकृतले लमही छोड्नुपर्ने समेत माग गरेका छन । उनले नछोडे जनप्रतिनिधि, कर्मचारी र नगरबासी मिलेर प्रमुख प्रशासकिृत अधिकत डाँगलिाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको वडा नं. ८ का अध्यक्ष मेघनारायण चौधरीले जानकारी दिएका छन ।

लमही ८ का वडाध्यक्ष मेघनारायण चौधरीको अध्यक्षतामा भएको बैठकमा वडाध्यक्षहरु मोहन गिरी, सुवास न्यौपाने, बाबुराम चौधरी, नुमराज पौडेल, नेपालु चौधरी, भेषबहादुर केसी ‘रमेश’, गणेशमान चौधरी, कार्यपालिका सदस्यहरु नारायणी खड्का, राधा केसी, अनिता चौधरी, सुनिता चौधरी, बम बहादुर बिश्वकर्मा, ठगे दमाई र रमेश कुमाल गरि १५ जनाको सहभागी थियो । यसैविच नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष किरण भण्डारीले लमहीमा देखिएको समस्या समाधान गर्न माग गरेका छन । उनले विज्ञप्ति प्रकाशित गरि लमहीमा नगरपालिकामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन ।