लमहीमा ५० शैयाको अस्पताल निर्माणका लागी पहल गरिने

शिव राज खनाल
दाङ,१७ जेठ । प्रदेश वा सघको मातहतमा रहने गरि लमहीमा ५० शैयाको जिल्ला स्तरिय अस्पताल निर्माणका लागी पहल अघि बढाईने भएको छ ।

देउखुरीको लमहीमा सोमवार सम्पन्न राजनीतिकदल तथा अन्य सरोकारवाला निकायहरुको छलफलले लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरी उपत्यकामा एउटा पनि भरपरर्दो स्वास्थ्य निकाय नहुदा यहाँका नागरिकले सामान्य उपचारका लागी समेत बाहीर जान पर्ने बाध्यतातमक परिस्थितिको श्रृजना भएकोले देउखुरीमा जिल्ला स्तरिय अस्पताल निर्माणका लागी प्रदेश र सघमा पहल गर्ने निर्णय गरिएको छ ।

यसअघि कोरोना भाईरसको प्रकोपबाट नागरिकलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने सवालमा देउखुरीका सरोकारवाला निकायहरुले चासो ब्यक्त गरेका छन् । तिब्ररुपमा फैलिएको कोरोनाको दोस्रो लहरबाट मानबिय क्षेति बढ्न थालेपछि त्यसको प्रकोपबाट नागरिकलाई सुरक्षित राख्न तथा उनीहरुलाई स्वास्थ्य सेवाको सहज पहुच पु¥याउन के गर्न सकिन्छ भन्ने सवालमामा छलफल भएको थियो ।

नेपाली काग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेयको पहलमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोनाको महामारीबाट नागरिकलाई बचाउनु जिम्मेवार निकायको पहिलो दायित्व भएकाले भरपर्दाे स्वास्थ्य उपचार सेवा प्रदानका लागी बिशेष पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

बेड र अक्सजिनकोे अभाबका कारण देउखुरीका कोरोना संक्रमित बिरामीहरुले समयै उपचार नपाउदा धेरै नागरिकले अकालमा ज्यान गुमाउनु प¥यो ,कतिपय अस्पतालमा उपचारका लागी आएका कोरोनाका संकास्मक बिरामीले समयमा उपचार पाउन सकेनन र ज्यान गुमाउन बाध्य भए अब थप मानबिय क्षेति नहोस भन्नका लागी देउखुरी क्षेत्रमा भएका अस्पताल स्वास्थ्य, कोरोना अस्पताल र आईसुलेसन सेन्टरलाई थप ब्यबस्थित बनाउन आबश्यक रहेको नेपाली कांग्रेसका नेता जानकीलाल बस्नेतले बताए ।

‘स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रलाई तत्कालीन रुपमा मात्र नहेरी दिर्घकालिन रुपमा भरपर्दाे स्वास्थ्यउपचार सेवाका लागी लमही अस्पताललाई ५० शैयाको जिल्लास्तरिय अस्पतालको रुपमा अघिबढाउन जरुरी छ’–नेता बस्नेतले भने–‘त्यसका लागि सवैको पहल आवश्यक छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सभापति भेषराज पाण्डेयले देउखुरी उपत्यका भरी रहेका स्वास्थ्य क्षेत्र र निर्माण गरिएका कोरोना अस्पताल तथा स्वास्थ्य चौकी, आईसुलेसन सेन्टरको अनुगमन गरि बर्तमान अबस्थाका बारेमा जानकारी लिनुका साथै भोलिका दिनमा थप मानबिय क्षेति नहोस भन्नका लागी स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन जरुरीरहेको बताए ।

त्यस्तै एमालेका लमही नगर ईन्चार्ज नारायण डिसी छम्पालीले देउखुरीको स्वास्थ्य सेवालाई ध्यान राखेर भरपर्दाे अस्पताल निर्माणमा ध्यान दिन आबश्यक रहेको बताए । ‘लमही अस्पतालको स्तरबृदि गरि जिल्ला स्तरिय असपताल बनाउन पहल थाल्न जरुरी छ’–नेता डिसीले भने–‘कोभिड सक्रमणलाई रोक्न राज्यले प्रभाबकारी कदम चाल्न जरुरीरहेको छ ।’

नेपाली काग्रेस महासमिति सदस्य कर्णबहादुर बुढाथोकीले अस्पताल तथा उपचार केन्द्रहरुमा कोभिडका लागी आवश्यक स्वास्थ्य सेवा भुमिका खेल्नुपर्ने बताए । नेपाली काग्रेसका अग्रज नेता रेशमबहादुर खड्काले दिर्घकालिन रुपमा ठुलो अस्पताल निर्माण गर्ने राम्रो भएपनि अहिले भएको अस्पतालहरुको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताएका थिए ।

मओबादी केन्द्रका क्षेत्रीय सचिब बसन्त बिक्रान्तले कोरोनाका शकास्पस्द बिरामीका लागी कोरोना जाच गर्नुपर्ने भएकाले सरकारले त्यता ध्यान दिन जरुरीरहेको बताए । नेकपा एमालेका क्षेत्रिय सचिब मीना गुरुङले स्थानिय सरकारसहित सरोकारवाला निकायबिच छलफल गर्न जरुरी रहेको धारणा व्यक्त गरिन । सो अबसरमा बोल्ने बक्ताहरुले लमहीको अस्पताल र कोरोना अस्पताललाई थप ब्यबस्थित र स्तरिय बनाउनुपर्ने, बिरामीहरुलाई आबश्यक स्वास्थ्य सेवा सरल र सहज रुपमा हनुपर्ने , प्रबाह गरिएको सेवाको नागरिक अगुवाहरुले अनुगमन गर्न आबश्यक रहेको सबैले बिचार राखेका थिए ।

छलफलले प्रदेश वा सघको मातहतमा रहने गरि देउखुरीको लमहीमा रहेको असपताललाई ५० शैयाको जिल्ला स्तरिय अस्पताल बनाउनका लागी प्रदेश सरकारसंग माग गर्ने र यसका लागी स्थानिय सरकारसग समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ । कार्यक्रम नेपाली काग्रेसका क्षेत्रिय सभापति पाण्डेको अध्यक्षतामा भएको थियो ।