औषधि व्यवसायी संघ दाङद्वारा स्वास्थ्य सामाग्री सहयोग

शिवराज खनाल
दाङ,१६जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल औषधि व्यवसायी संघ दाङ शाखाले स्वास्थ्य सम्बन्धि सामाग्री सहयोग गरेको छ ।

औषधि व्यावसायी संघ दाङका अध्यक्ष बिष्णुप्रसाद पौडेल (बिपि पौडेल ) सहित कार्य समितिको टोलीले ४६ हजार बराबरको स्वास्थ्य सामग्रीहरु प्राथमिक स्वास्थ्य केन्द्र श्री गाउँ दाङ अस्थाई कोभिड अस्पताललाई सहयोग गरेको हो । उक्त सामग्री अस्पतालका डा.कृष्ण घर्तीलाई हस्तान्तरण गरिएको थियो ।

संघका अध्यक्ष पौडेलले यो महामारीका बेला कोभिड १९ को संक्रमणबाट बच्नु नै ठुलो कुरो भएको र अत्यावश्यक काममा घरबाहिर निस्कनै परे संक्रमणबाट बच्न अनिवार्य रुपमा स्वास्थ्य बिधि अपनाउन समेत आग्रह गरेका थिए ।

संघले बिरामीहरुलाई अत्यावश्यक पर्ने ईन्जेक्सन,(मभहबmभतजबकयलभ, जथमचयअयचतष्कयलभ,अभातचष्बहयलभ),ट्यावलेट –खष्त अ , शष्लअ, बशष्तजचयmथअष्ल) लगायत विभिन्न प्रकारका औषधी, पिपिई, मास्क, सेनिटाईजरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष बिष्णुप्रसाद पौडेल, महासचिव श्याम गिरी, कोषाध्यक्ष गिरिराज न्यौपाने, सदस्य सुनिल रेग्मीलगायतको टोलीको सहभागिता रहेको थियो ।

साथै संघले आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी निरन्तर जनताको सुरक्षामा खटिएको भन्दै प्रहरी चौकी बागरका प्रमुख गणेशबहादुर एडीलाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

संघले बिगत १ महिनादेखि दाङ जिल्लामा रहेका विभिन्न आइसोलेसन, अस्पताल फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मी, पत्रकारहरुलाई अत्यावश्यक औसधि र स्वास्थ्य सामाग्री सहयोग गरि गर्दै आइरहेको छ ।