दाङमा कोरोनाबाट २८ दिनमा ८९ जनाको मृत्यु

दाङ,२९ बैशाख । दाङमा कोरोना संक्रमणबाट २८ दिनमा ८९ जनाको मृत्यु भएको छ । दोश्रो चरणको कोरोना संक्रमण देखिएपछि बैशाखको १ गतेदेखि बैशाख २८ गतेसम्म ८९ जनाको मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा ३३÷३३ जना, लमही नगरपालिका र गढवा गाउँपालिकामा ६÷६ जना, राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकामा ३÷३ जना र शान्तिनगर गाउँपालिकामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतक ८९ जना मध्य ७ जनाको उपचारका क्रममा जिल्ला बाहिर र बाँकी ८२ जनाको दाङमै अस्पताल तथा होमआइसोलेसनमा मृत्यु भएको छ । मृतक मध्य ११ जना होमआइसोलेसनमा बसेका व्यक्तिहरु रहेका छन् ।

केन्द्रका अनुसार दाङमा यो अवधिमा ३ हजार ६ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्य १ हजार चार सय ९२ जना उपचारपछि निको भएका छन भने २ हजार एक सय ७१ जना उपचारका क्रममा रहेका छन् । उनीहरु मध्य अधिकांस व्यक्तिहरु होमआइसोलेसनमा रहेका छन् ।