नारायणपुर उद्योग वाणिज्य संघले गर्यो हात धुने पानीको व्यवस्था

 बैशाख २८, दाङ । कोभिड १९ को महामारी चलिरहेको बेला नारायणपुर उद्योग वाणिज्य संघले नारायणपुर बजारमा हात धुने व्यवस्था गरेको छ ।

संघको नेतृत्वमा आज मंगलबार नारायाणपुर क्षेत्रका ५ स्थानमा हात धुने पानीको व्यवस्था गरेको हो । कोभिड १९ को महामारीबाट सुरक्षित हुनका लागि संघले नारायणपुर बजार क्षेत्रभित्र ३ स्थानमा, सौरी कुलामा १ र खैरामा १ स्थानमा हात धुने पानीको व्यवस्था गरेको हो ।

‘बाटो हिँड्ने बटुवा तथा बजार क्षेत्र विशानको समयमा किनमेल गर्नका लागि आएका मानिसका लागि हात धुन सजिलो होस् भन्नका लागि साबुन पानीको व्यवस्था गरेका हौँ ।’ संघका अध्यक्ष अभियान बस्नेतले भने ।

उनले थपे, ‘कोभिडका महामारीको बेला चेतनामूलक कार्य सञ्चालन गर्नुपर्ने आवश्यक भएकोले सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्छ । हामीले कोभिड १९ महामारी व्यवस्थापन कोष स्थापन गरेका छौँ ।’