Goraksha

National Daily

झरना सामुदायिक वनमा थिनिङ कार्यक्रम शुरु

दाङ, ८ फागुन । दाङको विजौरी सव–डिभिजन वन कार्यलय विजौरीको कार्यक्षेत्र अर्न्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित रहेको झरना सामुदायिक वन उपभोक्ता समुहको थिनिङ क्रियाकलाप पूरक कार्ययोजना अनुसार आजदेखी थिनिङ कार्यक्रम शुरु भएको छ ।

झरना बनको ५ हेक्टर क्षेत्रफलमा थिनिङ कार्य सम्पन्न गर्ने उद्देश्यका साथ सुरुभएको हो । वन व्यवस्थापन कार्य अर्न्तर्गतको थिनिङ कार्य समुहका अध्यक्ष खडग बहादुर वलीको अध्यक्षता तथा डिभिजन वन कार्यालय दाङका कार्यालय प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको थियो । सामुदायिक वन क्षेत्रको सुधार गर्नलाई अभियानकै रुपमा लिईएको थिनिङ कार्यको प्राविधिक तथा व्यवहारिक पक्षका सन्दर्भ समुदायका उपभोक्ताहरुलाई सरल ढङगवाट प्रष्ट्याउदै डिभिजनल वन अधिकृतले स्वीकृत वन कार्ययोजना अनुसार थिनिङको आवश्यकता र यसको कार्यान्वयनका वारेमा प्रष्ट पारेका थिए ।

उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको अपौचारिक कार्यक्रमको सहजिकरण विजौरी सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कमलप्रसाद पुनले गरेका थिए । झरना सामुदायिक वनका अध्यक्ष खडग बहादुर वलीले डिभिजनल वन अधिकृत लगाएतका अतिथिहरुलाई खादा लगाई सम्मान तथा स्वागत गरेका थिए ।
दाङका १६ वटा बनको एक सय भन्दा बढी हेक्टर बनमा यो वर्ष थिनिङ कार्यक्रम गरिने डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीे जानकारी दिएका छन ।