दाङ,२६ बैशाख । घोराहीका कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररथ घोराही उपमहानगरपालिका ७ निवासी ४१ वर्षिय पुरुषको उपचारका क्रममा आज आइतवार मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् ।
बैशाख २६ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोनासँगै निमोनिया र स्वासप्रस्वास सम्बन्धि समस्या रहेको अस्पतालले जनाएको छ । कोरोना विशेष अस्पतालमा विहान बबई गाउँपालिका निवासी एक जना महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।