लमहीमा २५ शैय्याको अस्पताल सन्चालन

देउखुरी,२१ बैशाख । जिल्लामा कोरोना सक्रमित बढ्दै जान थालेपछि स्थानीय तहहरुले कोरोना संक्रमितहरुलाई उपचार गर्नका लागि अस्पताल सञ्चालन गर्न थालेका छन । त्यसैक्रममा देउखुरीका चार पालिकाहरुले लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शैय्याको अस्पताल सञ्चालन गरेका हुन ।

देउखुरीमा चार स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालले जनाएको छ ।
अक्सिजनसहितको कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको अस्पतालका प्रमुख डा पुष्प भुसालले जानकारी दिएका छन् ।

अस्पताल सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा केही सजिलो हुने छ । पहिलो चरणमा १२ शैय्या तयारी अवस्थामा रहेको र छिटै शैय्या थपेर २५ पुर्याउने उनको भनाइ छ ।

दाङका सबै पालिकाले कोरोनाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएका छन् । देउखुरीमा चार पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको आइसोलेशन सेन्टर तयार पारेको छ ।