दाङमा एकैदिन डेढसय बढी संक्रमित,संक्रमितको संख्या ६८२

  •   
  •  

दाङ,१३ बैशाख । दाङमा एकैदिन डेढ सय बढी कोरोना संक्रमित थपिएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण गरिएका स्वाम मध्य ७५ प्रतिशतभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवार गरिएको पीसीआर परीक्षण गरिएका दुई सय दुई नमुना मध्य एक सय ५२ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु मध्य घोराही उपमहानगरपालिकाका ९० जना, तुलसीपुर उपमहानगरपालिकाका ४५ जना, लमही नगरपालिकाका ५ जना रहेका छन् ।

त्यसैगरी शान्तिनगर गाउँपालिका, गढवा पालिका, दंगीशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ८ जना संक्रमितहरु जिल्ला बाहिरका रहेका छन् । उनीहरु मध्य भक्तपुरका दुई जना,प्युठानका दुई जना, कैलाली,सल्यान,रुकुम र मकवानपुरका १÷१ जना रहेका छन् । योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ८२ पुगेको छ ।