बीपीको बिद्रोह, कम्युनिष्ट आकर्षण कस्तो ?

  •   
  •  

भूपेन्द्र सुवेदी

नेपालको राजनीतिक हबिगत देखदा फेरि बीपी, र कम्युनिष्टहरुको तत्कालको अबस्था र आजको अबस्थालाई तुलना गर्दा बिगतको २००६ र २००७ सालको नेपालका राजनीतिकर्मीहरुको अबस्थाले उही बताएको छ ।

त्यो बेलाको राजनीतिका गुरुहरु को–को थिए ? को–को कहाँ कहाँबाट परिचालित हुन्थे आज पनि नेपाली नेता चाहे जो पार्टीका हौउन आफ्नो बिबेकले चल्न सकेको अबस्था रहेन त्यसैले फेरि फर्केर एकपटक बीपीको बिद्रोह र कम्युनिष्ट आकर्षणको बारेमा सम्झिने र सम्झाउने मन लाग्यो र पाठक मित्रहरुसँग क्षमा माग्दै यो बिषय उठान गर्ने जमर्को गर्दैछु ।

नेपालका प्रजातान्त्रिक पार्टीको हैसियतमा स्थापित पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी यी दुई पार्टीहरुको बिगतको लगानी र आजको पार्टी हरुको अबस्था हेर्दा सारै दयनीय अबस्थामा पुगेको देख्दा निकै संवेदनशील अबस्था छ भन्न मन लाग्छ ।

बीपीको बिद्रोह लेखक जगत नेपालको लेखमा बीपीको बारेमा लेख्नुभएको छ चिकित्सकहरुले क्यान्सरको कारण छ महिनाभन्दा बढी नबाच्ने निक्र्याेल गरिदिएपछि बीपीको जीवनी रेकर्ड गर्न थालेका वरिष्ठ अधिबक्ता गणेशराज शर्माले आत्म बृत्तान्तको भूमिकामा लेखेका छन्, आठ बर्ष भारतमा निर्वासित जीवन बिताउँदाका राजनीति घटनाक्रमबारे भन्न पाउनुभएन । यति मात्र भन्नुभयो मलाई थाहा भएजति सबै शैलेजालाई पनि थाहा छ । यी कुरा उसले पनि भन्न सक्छे । गिरिजालाई झन बढी थाहा छ । उसले पनि भन्न सक्छ । बीपीको जीवनी पूरै रेकर्ड हुन पाएन ।

जगत नेपालले उल्लेख गर्नुभएको छ आत्मबृत्तान्तमा उहाँको भूमिका पढेपछि राजनीतिक बिषयबस्तुमा खोजी गर्ने हुटहुटी लाग्नु स्वभाविकै हो । पूर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मुखबाट बीपीले भन्न नपाएका कतिपय ऐतिहासिक घटनाक्रम सुन्ने अवसर पाएका लेखक गणेशराज शर्माले उल्लेख गर्नु भएको छ जहाज अपहरणबारे जति सबै पात्रलाई समेटेर हाईज्याकिङ फर डेमोक्रेसी नामक डकुमेन्ट्री बनाए ।

त्यसपछि बीपीमाथिका ८ वटा राजकाज मुद्दालाई समेटेर यो लेख तयार पार्ने राजनीतिक बिश्लेषक गणेश शर्मा र जगत नेपालजस्ता अनुभवी जेष्ठ नागरिक मात्र नभएर जेष्ठ राजनीतिक बिश्लेषकहरुको आश देशलाई खाँचो छभन्दा हुन्छ । बीपीका पिताजी कृष्णप्रसादले राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई फाटेका कपडा पार्सल गरेलगतै कोइराला परिवारलाई देश निकाला गरियो । त्यसयताका कथा लेख्दै जाँदा झन्डै डेढ लाख शब्द भयो । त्यसमध्ये बीपीसँग प्रत्यक्ष सम्बन्धित बिद्रोहीलाई छुट्टै राखियो र पुस्तक तयार पारीयो ।

बीपी र गणेशमानमाथि आठ राजकाज मुद्दाबारे न्यायाधीश जनकमान श्रेष्ठको इजलासमा भएको बीपीको बयानले पुस्तक लेख्न थप मद्दत मिलेको हो । यो ऐतिहासिक पुस्तक तयार पार्दा अधिकांश पात्रहरु जीवित थिएनन् । काठमाडौँ तत्कालको मेयरसम्म रहेका जनकमान बीपीकै प्रधानमन्त्रीकालमा न्याय सेबामा प्रवेश गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी निकट र बामपन्थी नेता पुष्पलालका आफन्त जनकमानकै अध्यक्षतामा विशेष अदालत गठन गरी बीपीलाई फासी दिन सकिन्छ भन्ने त्यसबेलाका कट्टरपन्थी पञ्चहरुको दाउ थियो भन्ने पनि लेखकले उल्लेख गर्नुभएको छ । बीपी र गणेशमानका तर्फबाट मुद्दाको कानुनी प्रतिरक्षा गर्ने बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, कुसुम श्रेष्ठ र दमननाथ ढुंगानाको समेत अन्तर्वार्ता लिएँ ।

त्यसैगरी राष्ट्रिय मेलमिलापको नीति लिएर बीपीसँगै स्वदेश फर्केका नेताहरु खुमबहादुर खड्का र रामबाबु प्रसांईको अन्तर्बार्ता लिन सहयोग गर्ने कांग्रेस नेत्री पुष्पा भुसाल र रेडियो नेपालका प्रचार प्रमुख खगेन्द्र खत्री, तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट, पूर्बमन्त्री बिश्वबन्धु थापा, दरबारका प्रमुख सचिब रञ्जनराज खनाल, शाही चिकित्सक मृगेन्द्रराज पाण्डे, तत्कालीन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ र राष्ट्रिय अनुसन्धान बिभागका पूर्ब प्रमुख देबीराम शर्मासँग भेट नभएको भए यो कामको सम्भव थिएन ।

यो ईतिहास राख्नमा सहयोग गर्नेमा स्वयं बीपी पुत्र, गणेशमानका पुत्र, बलदेब मजगैयाँ, के.बी गुरुङजस्ताको सहयोगको महत्व रहेको लेखकको अपेक्षा छ । बीपीसँगका अन्तरंग अनुभव पूर्ब राष्ट्रपति रामबरण यादबबाट समेत उहाँको अनुभव र बीपीको बिद्रोहलाई समेटेर डकुमेन्ट्री पुस्तक बनाउने क्रममा ऐतिहासिक पात्रहरुको भिडियो अन्तर्बार्ताका लागि क्यामरा चलाउने मानबहादुर थापा, भुषण दाहाल र पाण्डुलिपी पढेर महत्वपूर्ण सुझाव दिने हरि थापा, गोबिन्द अधिकारी, दुर्गा वस्तीप्रति निकै आभारी छु भन्ने लेखकको महत्वपूर्ण बिचार रहेको पाइन्छ । यो पुस्तक आजको राजनीति गर्न तम्सिएकाहरुले एकपटक किनेर नसके मागेर भए पनि पढिदिएमा वहाँ आफैहरुलाई राजनीति कसरी गरेका रहेछन् र कसरी गर्दा सफल भइँदो रहेछ भन्ने चेतना आउँथ्यो कि ?

कम्युनिष्ट आकर्षण

बीपीका पिताजीको निधनपछि बनारसमा पढिरहेक गिरिजा, दाजुलाई भेट्न पटनास्थित कालीबाबुको घरमा पुगे । एउटै कोठामा दुईवटा खाट राखेर बीपी र गिरिजाका लागि सुत्ने प्रबन्ध मिलाइएको थियो, त्यहाँ । त्यो दिनको स्मरण गर्दै पूर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यो पुस्तक लेखकसँग भनेका छन् लामो समयपछि दाजुसँग भेट भएको थियो । राति कुरा गर्दै जाँदा मैले कम्युनिष्टहरुले प्रयोग गर्ने भाषा बोलेछु क्यारे ।

बनारसमा बिश्वबिद्यालय पढ्दा मनमोहन अधिकारीहरुको संगतले म फेड्रेसन(कम्युनिष्ट) तिर आकर्षित भएको थिएँ । दाजुले थाहा पाइहाल्नुभएछ । यही बिषयमा दुईभाइको बीच रातभर बार्तालाभ भएको थियो र बीपी भारतमा यत्रो स्वतन्त्रता आन्दोलन चलिरहेको छ । गान्धीजी कहाँ छन् ? भन्ने प्रश्नमा गिरिजा भन्छन् जेलमा अनि अरु कहाँ ? बीपी भन्नुहुन्छ जवाहरलाल नेहेरु, जयप्रकाश नि ? गिरिजाबाबु भन्छन् जेलमा बीपी, गान्धी र नेहरुहरु छन् । बीपीले गिरिजालाई गरेको प्रश्न तेरा नेताहरु को हुन् र ती कहाँ छन् ? गिरिजा मेरा नेता श्रीपद् अमृतपद् डांगे (नेता भाकपा) हुन् उनी बम्बैमा छन् ।

बीपीले प्रश्न गर्छन् गान्धी, नेहरु, जयप्रकाश जेलमा डांगेचाहिँ किन बाहिर ? ल अब धेरै राति भयछ सुतौ अब । चर्का नारा र भाषण गरे पनि भारतका बामपन्थीहरु अंग्रेजसँग मिलेका थिए । त्यसैले गान्धी नेहरुलगायत सबै नेता जेलमा हुँदा कम्युनिष्ट पार्टीका महासचिब डांगे भने बम्बैमा ठाटसँग बसिरहेका थिए । दाजुको प्रश्नले गिरिजा रातभर सुत्नै सकेनन् । बीपीका हरेक प्रश्न उनको दिमागमा घुमिरह्यो ।

त्यसो त विद्यार्थीकालमा बीपी आफै कम्युनिष्ट थिए । आईए परीक्षा दिएर बसेका बेला उनी ब्यापार बनाउने अभियानमा रहेका पिताजीसँग रेलमा बम्बै गए । फर्कने बेलामा बम्बैदेखि ईहाबादसम्म उनले कम्युनिष्ट पार्टीका नेता डांगेसँग रेलयात्रा गरे त्यही यात्राले उनलाई कम्युमीगत रुपमा मस्को रेडीयोका अंग्रेजी प्रसारण सुन्थे । डांगेले भनेपछि कम्युनिष्ट बिचारधारातर्फ आकर्शित भएका उनी बिएचयुमा पढ्दा देबकान्त बस्वालगायतका साथीहरुसँग मिलेर खोलिएको बिद्यार्थी संगठनका सचिब थिए, पछि अध्यक्ष भएका हुन् ।

बीपी त्यो समयमा आफ्ना सहपाठी देबेन्द्रप्रसाद सिंह, रामेश्वरप्रसादमार्फत जयप्रकाश नारायणको सम्पर्कमा पुगे । राजेन्द्रप्रसाद जयप्रकाशका आफ्नै भाइ थिए । समाजबादी नेता जयप्रकाशले बीपीलाई समाजबादी नेता जयप्रकाश र बीपीबीच भएको वार्तालापको अंश यस्तो छ…

जयप्रकाश : बीपी तिमी त कम्युनिष्ट रहेछौ । यत्रो स्वतन्त्रता संग्राम चलेको छ । तिम्रो एउटै नेता पक्राउ परेका छैनन् । ल भन त तिम्रा नेता को–को हुन् कहाँ–कहाँ छन् ? बीपी श्रपद् अमृत डांगे बम्बैमा छन् । जयप्रकाश डांगे त अंग्रेजहरुसँग मिलेर बम्बैमा बसेका छन् । तिमी डांगेको कार्यकर्ता कसरी माहात्मागान्धीले सञ्चालन गरेको स्वतन्त्रता संग्राममा होमियौ ? बीपी जवाफ दिन सकेनन् । कम्युनिष्टहरुले भारतीय स्वतन्त्रता संग्रामबाट हात झिकेका मात्र थिनन् अंग्रेजलाई सहयोग गर्दै गान्धी नेतृत्वको भारत छोडो आन्दोलनको निन्दा गरेका थिय ।

दोश्रो बिश्वयुद्ध हुँदा बेलायत र रुसबीच सैन्य सहयोग सम्बब्धी सन्धी भएको थियो । त्यही आधारमा भारतका बामपन्थीहरु अंग्रेजको बिरोध नगर्ने बरु उनीहरुबाट लाभ लियर बस्ने रणनीतिमा थिए । तिनीहरुले भारतिय स्वाधिनता आन्दोलनको बिरोध गरिरहेका थिए । यही बिषयलाई लिएर भारतिय स्वाधिनता संग्रामका योद्धाहरुको कम्युनिष्टसँग कटुता भएको यो लेखकको लेखाइबाट बुझ्ने मौका पाइयो ।

नेपालको राजनीति किन यस्तो अर्काको भनाई र आदेशमा चल्छ त भन्दा यस्ता पुराना इतिहासबाटै प्रस्ट हुन्छ की जे–जति ब्यबस्था ल्याइन्छ खाली भारतको रायमा र पश्चिमाको ईसारामा नेपाल चलेको पाईयो पार्टीगत ब्यबस्था खाली अरौटे–भरौटे बनेको अबस्थाले गर्दा नेपालको राजनीति यस्तो भइनै रहँदो रहेछ भन्ने गरेको र भोगेको कुरान नेपालमा पढेको कोही नभयर मास्ट भारतबाट लयको अवस्था र नेपालीहरु पढ्न भारत गएको अबस्था खाली भारतले जे सिकायो उही शिक्षाको परिणाम भारतमा पढेका पिएचडी गरेका उनै प्रधानमन्त्री भए तर देश चलाउनै सकेनन् किन होला ?

आज आफनै पार्टीको प्रधानमन्त्री हुनुहुन्छ तैपनि सरकारको बिरोध प्रतिपक्षले भन्दा आफ्नै पार्टीबाटै हुँदै आएको छ यस्तो अबस्था भारतबाट सिकेको सिकाईएको राजनीति रहेछ । नेपालमा आफै आफ्नो बुद्धिले चल्ने क्षमताको कमी छ । नेपालीमा अब कसरी देश चलाउने ? कसको शिक्षाबाट देश चल्न सक्छ त ? खोजी गरौँ ।