दोस्रो कोरोनाको संकट किन ?

भूपेन्द्र सुवेदी

विश्वको समस्याको रुपमा देखापरेको कोभिड–१९ लाई नेपालले बिसर्जन गरेको हो कि भन्ने आशा पलाएको अबस्थामा पुनः फेरि दोस्रो कोरोना भाईरस त्यो पनि अझ खतरनाक १६, देखि १८ बर्ष सम्मका युवा विद्यार्थीहरुमा फैलिएको सन्देशले पुनः नेपालको शिक्षा क्षेत्र फेरि समस्यामा पर्ने हो कि ? भन्ने आम नागरिकहरुलाई चिन्तित बनाएको छ ।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको कोरोनासँगको प्रतिकार गर्ने क्षमताको अभावमा फेरि देश लकडाउनकै श्रृंखलामा परिणत गर्नुपर्ने त हुँदैन ? अगुल्टाले हानेको भालु बिजुली चम्कँदा तर्सिन्छ भन्याजस्तै बिगत कोभिड १९ बाट आक्रान्त नागरिक कोहीले त्यो कोरानालाई पराजित गर्नै सके भने कोही कोरानाकै सिकार बन्न पुगेको अबस्था नआउला भन्न सकिँदैन । फेरि दोस्रो कोरोनाले जन्म लिँदा नागरिकहरु थप चिन्तित हुनु स्वभाबिकै होला ?

अब फेरि दोस्रो कोरोनाको महामारी सँगसँगै राष्ट्रिय राजनीतिक अन्योल एबं नैतिक अवमूल्यंनबाट पीडित सम्पूर्ण नागरिकहरुले २०७७ साललाई बिसर्जन गर्दै पुनः नवबर्ष २०७८ सालमा अबतरण गर्दैछौ । सरकार सञ्चालक जानकारहरुले कति बुझेर हो वा नबुझी हो संक्रमणको मूल्यांकनको आधारलाई अड्कल गरेरै होला २५ जनाभन्दा बढी संख्याका ब्यक्ति जमघट तथा जम्मा हुने कार्यक्रम सबै बन्द गर्नुपर्छ भन्ने नै सूचना सार्बजनिक भइसकेको अबस्था छ । फेरि कोभिडको संक्रमण बिभिन्न रुप लिएर प्रवेश गर्दैछ ।

यो समयमा नागरिकहरुको स्वास्थ्य सम्बन्धमा सचेत गराउने अवारनेस प्रोग्राम नेपाल सरकारको स्वस्थ्य मन्त्रालयले के–के गर्दैछ जनताको लागि ? नेपालसँगको खुला सिमाना रहेको भारतमा कोभिडको नयाँ भेरियन्टको भाइरस तीब्ररुपमा बृद्धि हुँदै जाँदा नेपालमा पनि कोरोनाको संक्रमणको संकट बढ्दैछ । स्वास्थ्य क्षेत्रमा कार्यरत बिज्ञहरुको भनाइअनुसार दाङमा समेत कोरोना संक्रमण एकाएक ह्वात्तै बढ्दै आएको बिश्लेषकहरुको आँकडाले बताएको छ । तर हामी दाङबासी भारतको खुला सिमानामा बसोबास गर्ने क्षेत्रमा अझ खतराजनक हुन सक्नेछ ।

पश्चिम क्षेत्रको कञ्चनपुर कैलालीको बोर्डर र नेपालगञ्ज, कपिलबस्तु, रुपन्देही, नवलपरासीदेखि पूर्बका सबै भारतीय सिमाना जोडिएका जिल्लाहरुमा झनै कोरोनाको संक्रमण बढ्नसक्ने सम्भावनालाई सरकारको कोराना संक्रमण रोक्ने अग्रीम नीति कस्तो हुने हो आम नागरिकहरुको सरकारप्रतिको आशातित चासोको बिषय बनेको छ । स्वस्थ्य क्षेत्रका जानकारहरुको भनाइ छ पहिलेको भन्दा अझ बढी सचेतना अपनाउनुपर्ने र पहिलेको भन्दा सुरक्षासम्बन्धी विधिको बढी पालना गर्नुपर्नै बताइरहेको कुरा सार्वजनीक भई नै रहेका छन् । यो अबस्थालाई मध्यनजर राख्दै सभा, गोष्ठी, भेला जस्ता कार्यक्रमहरु तत्काल रोक्नुपर्ने र विद्यालयहरुमा बालबालिकाहरु अझ बढी जोखिममा पर्नसक्ने एक पक्षको भनाइ छ भने स्वयं विद्यालय सञ्चालकहरु र शिक्षा ब्यबस्थापकहरुले स्वस्थ्य सुरक्षा अपनाएर पठन–पाठन गरौँ भनेको छन् भने अर्को पक्ष छ ब्यबसाय सञ्चालकहरुको समेत सुरक्षा मापदण्डमा रहेर आ–आफ्नो ब्यबसाय सञ्चालन गरौँ ।

तर गर्ने के–के हो त ? विद्यालय कसरी सुरक्षित राख्ने ? व्यवसायीले आफ्नो व्यवसाय कोरोनाबाट सुरक्षित छ भनेर कसरी आम नागरिकहरुलाई आश्वस्त पार्ने ? र विद्यालय ब्यबस्थापन सञ्चालकहरुले र अभिभावक शिक्षा बिभागको संयुक्त सुझाब लिएरमा विद्यालय सञ्चालन गरौँ नत्र हामी भन्छौँ भविष्यका कर्णधार बालबालिका हुन् तर ती बालबालिका सुरक्षित आज रहन सकेमात्र भोलिका कर्णधार भन्ने हुन् । शिक्षाले अब अनलाइन माध्यमबाट विद्यालय सञ्चालन गर्दा उचित होला भन्ने धेरै नागरिकहरुको सोच रहेको पाइन्छ ।

तर बिगतको कोरोनाको संकट सेलाएकै छैन सरकारले यो दोस्रो कोरोनासँग फेरि युद्ध लड्नु छ । तर सरकार त फेरि उही त हो घरकै खिचडी पकाउन मात्र उद्धत देखिन्छ । अबको कोरानाको समस्याको सामाधान गर्ने उपाय कस्तो लगाउने हो परिणाम पछि थाहा हुने हो । बिगतका उपचारका बिधि र ब्यबहारले मानिस आश्वस्त छैनन् ।

सरकारसँग ढुक्कले भरपर्ने अवस्था समेत देखिँदैन खाली रात–दिनको उहाँहरुको निजी स्वार्थकै दोहोरीमा आम जनता पिसिएको अवस्था छ । देशको ठूलो राष्ट्रिय सम्पदा, धेरै नेपाली नागरिकको बलिदानको आज मूल्यांकन हुन सकेन के गर्ने छौ भनिएको हो के के गरिँदैछ आज राजनीतिकर्मीहरुले खै कुरा बुझेको ? के केही पार्टीका नेता कुर्सीमा पुग्दैमा उहाँहरुले उठाएका घोषणा–पत्रको सबै सम्बोधन भयो त ? हुँदा हुँदा हामीले धेरै परिवर्तन ल्यायौँ भन्नेहरुको मात्र परिवर्नन भए हुन्छ कि देशको, राष्ट्रको, नेपाली नागरिकको परिवर्तन हुनुपर्ने होइन र ? नेपालमा धेरैले परिवर्तन ल्याउने बाचा गरे तर आफ्नो निजी स्वार्थको मात्र परिवर्नन भयो जनताको समस्या जहाँको त्यहीँ रह्यो ।

नेपालका राजनीतिक पार्टीहरु आ–आफ्नो स्वार्थ सिद्धिको लागि पार्टी सिद्धान्त जहाँसुकै जावस् राष्ट्रको दोहोन गर्ने कार्यमा सबै एक भएकै छन् तर त्यो एकछिन र एक दिनमात्रको ठहरिन पुग्यो त्यो हो नेकपा जुट्यो आफ्नो स्वार्थ सिद्ध हुन सकेन फुट्यो । यसभित्र केबल नेताहरुको स्वार्थ मात्र लुकेको थियो कुनै राष्ट्रिय अखण्डता, नेपालको सार्बभौमसत्ता सम्पन्न नेपाली जनताहरुलाई बनाउने खाली खोक्रो नारा मात्र थियो । त्यसभित्र कसैले आफ्नो श्रीमती, नाल–नाता, इष्ट, कुटुम्ब र आफ्नो पार्टीका कार्यकर्ता बाहेक बाहिर आएको र आम नागरिकको बिषयमा सोचेको अबस्था छैन ।

यसैले फेरि दोहोरिएको कोरोनाले अब कति दिन नागरिकहरु संकटमा पर्ने हुन् ? यसको बिषयमा देश हाक्न तम्सिएको सरकारहरु र उसको संरचनामा रहेको बिषयगत क्षेत्रहरुको आजको काम–ब्यबहार हेर्दा सन्तोष रहनसक्ने अबस्था छैनभन्दा हुन्छ । तर स्वयं आफ्नो देशको समस्या सामाधानको लागि हामी एक हुँदैनौँ र बिदेसीको ईसारा खेल्छौ हामी कदापि सफल हुने छैनौँ । जब आफ्नै घर मिलाउन नसकेर रिसले आफ्नै घरमा आगो लगाउँछौ ।

हामीलाई बिदेसीले नखेलाएर कसले खेलाओस ? आशा गराँ ैभर नपरौ दोस्रो कोराना संकटबाट जसरी सुरक्षित रहन सकियो अबको कोराना त्योभन्दा अझ खतरा छ भन्ने सुनेका छौ । हामी त्योभन्दा बढी सुरक्षित रहने प्रक्रिया अपनाउ र त्यस प्रकारको सन्देश आम नागरिकहरुमा फैलाउने उद्देश्यका साथ आफू पनि सुरक्षित रहौँ । आफूले जानेको विधि–प्रक्रिया आम नागरिक समाजमा बाँडौँ र दोस्रो कोरोनालाई परास्त गरौँ ।