प्रतिष्ठानको सल्लाहकारमा बुढाथोकी

घोराही, १२ चैत । दाङका प्रतिष्ठीत युवा व्यवसायी खड्गबहादुर बुढाथोकी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सल्लाहकार चयन भएका छन् । प्रतिष्ठानको वुधवार बसेको बैठकले बुढाथोकीलाई सल्लाहकारमा चयन गरेको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको पूर्व उपाध्यक्ष बुढाथोकीलाई सल्लाहकारमा चयन गरिएकोमा पत्र दिएर प्रतिष्ठानले स्वागत गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङमा अध्यक्ष राजेन्द्र दाहालले सल्लाहकारमा चयन गरेको पत्र बुढाथोकीलाई प्रदान गरेका थिए । पत्र ग्रहण गर्दै बुढाथोकीले संस्थागत विकासकालागी आफू सधै तयार रहेको बताएका थिए ।

त्यस अवसरमा सल्लाहकार महेन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शीतलको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष काशीराम केसीले गरेका थिए ।