अन्तर विद्यालय स्तरिय एथलेटिक्स प्रतियोगिता हुने

लक्ष्मण बस्नेत
तुलसीपुर,८ चैत । दाङको तुलसीपुरमा दाङ जिल्ला अन्तर बिद्यालयस्तरिय एथलेटिक्स प्रतियोगिता २०७७ हुने भएको छ ।

दाङ जिल्ला एथलेटिक्स संघ को आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत २८ गते बेल्झुण्डी रंगशालामा हुुनेछ । सबै खेलले मदर खेलको रुपमा लिने एथलेटिक्स खेलको बिकास र बिस्तार गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष गीता बस्नेत राईले जानकारी दिएकी छिन ।

प्रतियोगितामामा जिल्लामा स्थापित निजी तथा सामुदायिक बिद्यालयमा अध्ययनरत २० वर्षमुनि उमेर समुहका छात्र र छात्राको सहभागिता रहनेछ ।
एक दिने प्रतियोगितामा ट्रयाकतर्फ १००,२००, ८०० मिटर दौड र फिल्ड तर्फ सटपट र लङजम्प गरि ५ वटा ईभेन्ट्समा कडा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा बिजेता, उपबिजेता र तृतीय स्थान हासिल गर्ने बिद्यालयलाई ट्रफी तथा खेलाडीलाई नगद पुरस्कार,मेडल, प्रमाणपत्र प्रदान गरिने संघका सचिव लक्ष्मण बस्नेतले जानकारी दिएका छन् ।