लक्ष्मण बस्नेत
तुलसीपुर,२० फागुन । दाङको तुलसीपुरमा प्रथम हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर–५ को आयोजना संचालन हुने प्रतियोगिता आउँदो चैत्र २५ गतेदेखि तुलसीपुर ५ अरनिको खेल मैदानमा सुरु हुनेछ । स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।
२०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका खेलाडी डाँगीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डाँगी फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिएका छन् । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउदै संचालन गरिन लागिएको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६५ हजार मेडल, प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तिगत बिधातर्फका खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगितामा मुल आयोजक समितिका संयोजक भुपेश डागीले जानकारी दिएका छन् ।
बैशाख २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैविच प्रतियोगिता मुल आयोजक समितिले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य रुपमले गर्नका लागि मुल समितिका मातहत रहेका विभिन्न उपसमितिले प्रचार प्रसार, आर्थिक ब्यबस्थापनलगायतका तयारीलाई तीब्र पारेको समेत जानकारी दिएका छन् ।