सुवास डिसी
तुलसीपुर, १९ फागुन । कोरोना भाइरस बिरुद्धको खोप अभियानलाई प्रभाबकारी बनाउन तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकीमा छलफल गरिएको छ । स्वास्थ्यचौकी ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा आयोजित कार्यक्रमामा सहभागी सरोकारवालाहरुले समस्या सबैको साझा भएकाले यसका बिरुद्ध खोप अभियानलाई सफल पार्न पनि सबै मिलेर अगाडी बढ्नुपर्ने बताएका थिए ।
फागुन २३ गते र २४ गते साबिक उरहरी स्थित हेमनगर स्वास्थ्य क्लिनिकमा र २५ गतेदेखि २९ गतेसम्म स्वास्थ्य चौकी बेल्टाकुरामा खोप लगाउने निर्णय भएको स्वास्थ्य चौकी सिनियर अहेब तथा खोप कार्यकर्ता खड्ग बस्नेतले जानकारी दिएका छन् । सिनियर अहेब बस्नेतका अनुसार २५ गते कटाहां र बेल्टाकुराको पालो छ भने २६ गते हस्नापुर, जसपुर र उरहरीको, २७ गते मोतिपुर र प्रिगाउ चपुवाडाडा, २८ गते सुकौरा र बेलगनार तथा २९ गते नवलपुर र छुटेकाहरुलाई स्वास्थ्य चौकीमा खोप लगाइने छ । बिभिन्न संघ संस्था तथा शिक्षकहरुलाई पनि प्राथमिक समुहमा राखेर खोप लगाउने ब्यबस्था मिलाइएको स्वास्थ्य चौकी प्रमुख चित्र वलीले जानकारी दिएका छन् ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख चित्र वली, सिअहेब खड्ग बस्नेत लगायतले खोपको महत्व र प्रभाबकारिताका विषयमा जानकारी गराएका थिए । साबिक उरहरी गाबिस कार्य क्षेत्र रहेको यस स्वास्थ्य चौकीले तुलसीपुर ११ का १३०० र हाल १२ नम्बर वडा रहेको साबिकको गाबिस क्षेत्रमा ८७५ गरि २१७५ जनालाई खोप लागाउने उदेश्य अनुरुप तयारि भैरहेको स्वास्थ्य चौकीले जनाएको छ ।