घोराहीमा नयाँ जुत्ता पसल सञ्चालनमा आएको छ । डिलाइट कर्नर रेष्टुरेण्टको ठीक अगाडि स्मार्ट वाक सञ्चालनमा आएको हो । करिब १५ लाखको लगानीमा पसल सञ्चालन गरेको पसलका सञ्चालक ईश्वर शाहले जानकारी दिएका छन् । पसलमा विभिन्न ब्राण्डका आकर्षक, सस्तो तथा गुणस्तरीय जुत्ता पाइने शाहले बताए । विदेशमा लामो समय बिताएका शाह आफ्नै देशमा केही गर्नुपर्छ भनेर पसल सञ्चालन गरेको बताउँछन् ।