जनयुद्धमा आधारित कौरा गीत ‘गोली लाग्यो नि’ (भिडियोसहित)

  •   
  •  

दाङ,१ फागुन । तत्कालिन सरकार र माओवादी जनयुद्धमा आधारित कौरा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सशस्त्र द्वन्द्वका क्रममा घाइते,अपांगलगायतका कथाबस्तुलाई समेटिएर निर्माण गरिएको गीतको म्युजिक भिडियो २६ आंंै जनयुद्ध दिवसको अवसर पारेर शनिवार सार्वजनिक गरिएको हो ।

माओवादी द्वन्द्वका क्रममा देश परिवर्तनको सपना देखेर माओवादी आन्दोलनमा होमिएर अहिले घाइते तथा अपांगता जीवन बेतित गरिरहेका व्यक्तिहरुको संघर्षको जीवनलाई गीतमा समेटिएको निर्देशक सुदन थापाले बताए ।

‘तत्कालिन माओवादी सशस्त्र युद्धलाई आधार बनाएर गीत र म्युजिक भिडियो निर्माण गरिएको छ । यो भिडियोले तत्कालिन युद्धको झल्को दिने गरेको छ’–निर्देशक थापाले भने–‘जसका कारण हामीले भिडियो जनयुद्ध दिवसकै अवसर पारेर सार्वजनिक गरेका हौ ।’ गीत महेश आरोहीको शब्द र संगीत रहेको उक्त कौरा गीत नेपाल आइडलका प्रतिष्प्रर्धी रामकुमार नेपाली र नीता पुनले स्वर दिएका छन् ।

उक्त म्युजिक भिडियोमा कलाकारहरु ममता खड्का, अमरजीत पुन, प्रकश पुन, निशा घर्ती, डम्मर बुढा, नवीन डिसीलगायतले अभियान गरेका छन् । भिडियोको परिकल्पना र निर्देशन सुदन थापाले गरेका छन भने सन्देश शाहले सम्पादन गरेका छन् । क्यामेरा म्यानका रुपमा विशाल रोका रहेका छन् । मगरात युटुव च्यानलबाट सार्वजनिक गरिहेको भिडियोले जनयुद्धको कथा बोकेको छ । भिडियो दाङ, रोल्पा र रुकुमका विभिन्न स्थानमा छाँयाकन गरिएको छ ।