नेतृत्व बिना महिला सशक्तिकरण असम्भव

  •   
  •  

दाङ, २७ माघ । हरेक क्षेत्रमा महिलाले नेतृत्व गर्न पाएमा महिला सशक्तिकरण हुनसक्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । ‘ग्रामीण महिला सशक्तिकरणको लागि स्थानीय तह र सञ्चारकर्मी महिलाको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रममा सहभागी महिलाहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माले हाम्रो समाजमा महिलाले केही गर्न सक्दैनन् भन्ने सोचाइ पितृसत्तात्मक उपज भएको भन्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने विचार राखिन् । ‘हिजोको दिनमा पाइला–पाइलामा स्पस्टिकरण दिँदै हिड्नुपर्ने समाजले आज सम्मान दिन थालेको छ, त्योे निरन्तरताले नै भएको हो’ उनले भनिन् । अर्को प्रसङ्गमा उनले राज्यको सेवा सबैले पाउनुपर्ने बताइन् ।

समृद्धिका नाराले मात्र देश समृद्ध नहुने भन्दै प्रत्येक व्यक्तिलाई सक्षम बनाउनसके मात्र देश समृद्धि हुने बताइन् । गाउँपालिकाले महिला सशक्तिकरणका लागि सीपमुलक तालिमका लागि बजेट छुट्याएको र लैैङ्गिक हिंसा कोषको समेत निर्माण गरेको जनकारी दिइन् । क्रियाशील पत्रकार महिला दाङकी अध्यक्ष रोशनी मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागीहरूले महिलालाई अझै पनि दोस्रो दर्जाको नागरिकका रूपमा हेरेको भन्दै महिलाहरूलाई हरेक क्षेत्रमा दक्षता र योग्यताका अधारमा स्थापित गर्नसके आम महिलाको सशक्तिकरण हुनसक्ने बताए ।

क्रियाशील पत्रकार महिला दाङको आयोजना एवं बबई गाउँपालिका दाङको सहयोगमा दाङको हापुरेमा सम्पन्न कार्यक्रमामा निवर्तमान अध्यक्ष सन्ध्या रेग्मीले स्वागत गर्दै विषय प्रवेश गराएकी थिइन् भने सल्लाहकार बसुन्धरा गौतमले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बबई गाउँपालिकाकी महिला शाखा प्रमुख ईश्वरा रावत, अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष दीपा केसी, नेपाली कांग्रेस क्षेत्रीय सहसचिव तारा भण्डारी, वडा नं. ६ की महिला सदस्य इन्द्रा अधिकारी, वडा नं. ४ की सदस्य शान्ता विश्वकर्मा, गौरी बोहोरा, वडा नं. २ की सदस्य मञ्जु वली, अञ्जु घर्ती, उर्मिला वली, ललिता सुनार, करिश्मा विश्वकर्मालगायतले मन्तव्य राखेका थिए । पत्रकार देवी भण्डारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालान सचिव शर्मिल डिसीले गरेकी थिइन् ।